सरकारी कार्यालयका लागि ट्वीटर एकाउन्ट अनिवार्य

काठमाडौं । सरकारले सबै सरकारी कार्यालयलाई सामाजिक सञ्जाल ‘ट्वीटर’ अनिवार्य रुपमा सञ्चालन गर्ने गरी निर्दे्शिका तयार पारेको छ ।

सरकारी कार्यालयले ट्वीटरमार्फत नै सूचना तथा जानकारी प्रभाव गर्नुपर्ने भन्दै सरकाले यसको लागि कार्य्विधि तयार पारी अघि बढेको बताएको छ । यो सँगै सरकारी कार्यालयले अनिवार्यरुपमा आफ्नै ट्वीटर ह्याण्डल सञ्चालन गर्नु पर्नेछ ।

उक्त ट्वीटर ह्याण्डलमार्फत आफ्नो मन्त्रालय तथा विभागको सुचान प्रकाशित गर्नुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको हेलो सरकार कक्षका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले बताए ।

उनका अनुसारसबै सरकारी त्यसकालागि प्रधानमन्त्री कार्यलयले ‘सरकारी निकायद्वारा ट्वीटर खाता प्रयोग गर्ने कार्य्िवधि, २०७५’ तयार पारी सकेको छ । उक्त कार्य्विधिमाथि सचिव लेवलमा छलफल भइरेको उनले बताए । अपाध्यायका अनुसार त्यहाँबाट आएको कार्य्विधिलाई स्विृत गरि विभाग र मन्त्रालयमा ट्वीटर ह्याण्डल खोल्नका लागि परिपत्र गरिने छ ।

उनका अनुसार उक्त कार्य्विधिले सबै मन्त्रालय र विभागलाई सामाजिक सञ्जाल ट्वीटरमार्फत सुचना प्रदान गर्नको लागि अनिवार्य बनाउने छ ।

यसका साथै कार्य्विधिले मन्त्रालय र विभागलाई सुचना उपपलब्ध गराउँदा एक रुपता प्रदान गर्नको लागि मार्गदर्शन समेत गर्ने उनले बताए । उक्त ट्विटर ह्याण्डलबाट सरकारी कार्यालयले सबैलाई सूचना प्रदान गर्न, जनगुनासो ग्रहण गर्न र आफ्ना कार्यालयका सूचना सार्वजनिक गर्नु पर्नेछ ।

प्रकाशित मिति : २०७५ साउन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस