जातीय विभेद न्युनिकरण गर्न जुम्ली दलित युवा एकजुट

शुभाकर विश्वकर्मा
जुम्ला ः जुम्लामा विद्यामान समाजिक कु सस्कार मध्ये प्रमुख कुरिती हो, जातिय विभेद । जुन विषय अहिले निकै चर्चामा छ । गाँउ सभामा पानी नचल्ने देखि स्थानीय तहले नै कथित तल्लो जातको नाम नै उल्लेख गरेर गाउँको नामाकरण नै भएको समाचार बाहिरएको थियो । सविधानको मर्म विपरित यस्ता गाउँ र प्रचलन अहिले पनि जुम्लामा विद्यामान छन् । परापुर्व काल देखि प्रचलनमा रहेका गाउँहरुमा उपल्लो जातका मानिसले खुलेयाम सार्वजनिक रुप मै बोल्दै पनि आईरहेका छन् ।

यस्ता सम्बोधन कानुनी रुपमा बन्देज भन्दा पनि सामाजिक प्रचलनका रुपमा माथिल्लो जात भनि भनिएका समुदायले व्यख्या पनि गर्ने गरेका छन् । चन्दननाथ नगरपालिकाको कामी टोल बस्ति, तलिचौर भनिने कुलालबाडा तातोपानी ६ मा रहेको सार्की बाडा, तातोपानी नै रहेको जर्मीगाउँमा रहेको दमाईबाडा, डुमवाडा यसका प्रतिनिधि उदाहरण हुन् । जुम्लाका आठ वटै स्थानीय तहमा अन्दाजी १ दर्जन वढि गाउँका नाम प्रचलनमा रहेका छन् । कुनै पनि सरकारी कामकाजमा उल्लेख गरिएको नभेटिए पनि जन मानसमा उच्चारण गरेको भेटिन्छ । दलित, बह्रामण र क्षेत्रीको सयुक्त वस्ती रहेको गाउँमा यो क्रम बढि रहेको छ । सयुक्त रुपमा बसोवास गर्ने भए पनि देवता पुजा गर्दा, मन्दिरमा दर्शन गर्दा तथा धारामा पानी भर्दा पनि छुईछिटो हाल्ने गरिन्छ । यस्तो अवस्थामा पछिल्लो समय युवा अवस्थामा कम हुदै गएको भए पनि बुढापाकामा भने यस्तो अवस्था शतप्रतिशत जिवित रहेको छ । पत्रकार समेत रहेकी चन्दननाथ नगरपालिका ९ श्रीढुस्काकी स्यानु उपाध्यायले जातको आधारमा विभेद गरिनु र जाती नै ईंगित गरेर नाम राखिनु राम्रो नभए पनि समय अनुसार मानिस परिवर्तन हुन आवश्यक रहेको बताईन् । उनले भनि, यस्तो कार्य परापुर्व काल देखि चल्दै आएकोले परिवर्तन विस्तारै हुने उनको धारणा छ ।
जातिय विभेद विरुद्ध एकजुट भए दलित युवा
यसैवीच, जुम्लाका जागरुक दलित युवाहरुले जागरण अभियान थालेका छन् । समाजमा व्याप्त कुसस्कार कुरिती र विद्यामान विथिति अन्त्य गर्ने उद्देश्य सहित जागरण मुलक अभियान थालिएको हो । समाजमा रहेका सामाजिक व्यथिति अन्त्य गरी सुसस्कृत समाज निर्माण गरी पछि पारिएका समुदायलाई राज्यको मुल प्रवाहा ल्याउने जागरण मुलक अभियान शुरु गरिएको हो । कथित जातको आधारमा गरिने विभेद, पछि पारिएका समुदाय र महिला लगायातलाई समाजको नेतृत्वमा ल्याउने लक्ष्य उक्त अभियानको रहेको छ । पछि समय समाजमा मौलाउदै गएको जातिय विभेद, विकास निर्माणमा ढिलासुस्ती, शैक्षिक क्षेत्रमा रहेका वेथितिको अन्त्य स्थानीय तहलाई खवरदारी लगायतका कार्य गरिने छ । यस्तै जिल्लाका आठ वटै स्थानीय तहका जागरुक युवा सम्मिलित गुठीचौर गाउँपालिका ३ का लक्ष्मण सुनारको अध्यक्षतामा जन परिर्वतशिल युवा समाज जुम्लाको गठन गरिएको छ । पर्यटकिय गन्तव्य गुठीचौरमा आयोजना गरिएको उक्त भेलाले सुनारको अध्यक्षतामा २१ सदस्सीय केन्द्रीय समिति गठन गरिएको हो । जसको वरिष्ठ उपाध्यक्षमा चन्दननाथ नगरपालिका ३ का युवा विर्खसिंह सुनार, उपाध्यक्षमा पवन सुनार, महासचिवमा तातोपानी गाउँपालिका ६ का शुभाकर विश्वकर्मा चयन हुनु भएको छ । समाज कै सचिवमा धनराज सुनार, सह सचिवमा नगेन्द्र सुनार तथा कोषाध्यक्ष जीवन सुनार रहनु भएको समाजका वरिष्ठ सदस्य कालीबहादुर परियारले जानकारी दिए । नव निर्वाचित अध्यक्ष लक्ष्मण सुनारले समाजले जुम्ला जिल्ला भरी अभियानयात्मक क्रियाकलाप संचालन, विद्यालय स्तरमा क्षमताका कार्य वडा तथा गाउँ स्तरमा समिति गठन गर्ने र समाजमा रहेका महत्वपुर्ण विषयमा अन्यायमा परेका समुदायको पक्षमा वकालत गर्ने बताए । उनले भने, हामी केहि युवाहरु एकजुट भएका छौँ, जिल्ला भरीका समाजमा केहि गरौ भन्ने युवाहरुलाई समेट्ने लक्ष्य हाम्रो रहेको छ । सुनारका अनुसार खास जुम्लामा व्याप्त जातिय विभेद अन्त्य गरी समानतामुलक समाज निर्माण गर्न समाजले काम गर्ने बताईएको छ ।

प्रकाशित मिति : २०७५ साउन १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस