डोल्पामा खाद्यान्न अभाव, केरुङ नाका बन्द हुँदा खाद्यान्न रोकियो’

दुनै । हिमाली जिल्ला डोल्पाको माथिल्लो डोल्पामा सरकारले दिने अनुदानको खाद्यान्न पुगेको छैन । खाद्य संस्थानले अघिल्लो आर्थिक वर्ष माथिल्लो डोल्पाका लागि ४५ सय क्विन्टल चामलको कोटा छुट्ट्याए पनि डोल्पो बुद्ध, शे(फोक्सुण्डो र छार्काताङसोङ गाउँपालिकामा नपुगेको हो ।

अलिस हिमाली निर्माण सेवाले माथिल्लो डोल्पाका लागि खाद्यान्न ढुवानीको जिम्मा लिए पनि विभिन्न समस्या देखाउँदै चामल पु¥याउन नसकेको बुद्ध गाउँपालिकाका स्थानीय पेमाक्याल्जेन गुरुङले बताए ।

रसुवाको केरुङ नाका हँुदै माथिल्लो डोल्पाको मोरिम्ला र क्याटो नाकामा पु¥याएर सरकारको अनुदानको चामल वितरण गर्ने परम्पराजस्तै बनेको स्थानीय बताउँछन्।

‘केरुङ नाका बन्द हँुदा खाद्यान्न रोकियो’

रसुवाको केरुङ नाका तिब्बत सरकारले खोल्न ढिलाइ गरेपछि माथिलो डोल्पाका लागि जाने चामल रोकिएको छ। केरुङ नाकाबाट जाने पुलमा समस्या आएको कारण केही दिनमै माथिल्लो डोल्पाका लागि खाद्यान्न ढुवानी हुने ठेकेदार विजय रोक्काले जानकारी दिए।

माथिल्लो डोल्पाका लागि ४५ सय क्विन्टल चामल भए पनि छार्का ताङसोङ गाउँपालिकाले चामल नखाने चएपछि ३ हजार क्विन्टल चामल आफूले ठेकेदारलाई बुझाएको र अब रसुवाको नाका खुल्नेबित्तिकै जनताले चामल पाउने नेपाल खाद्य संस्थान डोल्पा शाखा प्रमुख हरिप्रसाद जोशीले बताए।

डोल्पाका लागि खाद्यान्न र नुन तातोपानी नाका हँुदै जाने गरेको थियो। ०७२ को भूकम्पपछि तातोपानी नाका बन्द भएपछि रसुवाको केरुङ हुँदै जाने गरेको छ।

‘दुई वर्षदेखि छार्कावासी अनुदानको चामल खाँदैनन्’

सरकारले अनुदानमा दिने चामल र नुन छार्कावासीले दुई वर्षदेखि खाएका छैनन्। तिब्बतको मोरिम्ला नाकामा आउने अनुदानको चामल र नुन छार्काताङसोङ गाउँपालिकाका जनताका लागि टाढा हुने भएकाले दुई वर्षदेखि खान छाडेका हुन्।

छार्काताङसोङ गाउँपालिकाका साविकका छार्का र मुकोटका जनतालाई मोरिम्लासम्म जानका लागि एक साता लाग्ने र सबै जान नसक्ने भएकाले दुई वर्षदेखि नखाएको छार्काका छिरिङतुण्डुप रोकायाले जानकारी दिए।

उनले भने, ‘सरकारले जनताकै लागि भनेर चामल दिने हो भने मुस्ताङ हँुदै छार्काताङसोङसम्म पु¥याओस्, हामी खान तयार छांै।’ स्थानीय सरकारले पनि समस्या नबुझेको छर्कावासीको गुनासो छ।

ठेकेदार र कर्मचारीको मिलेमतोमा आधा चामल मात्रै जनताको हातमा पुग्ने गरेको स्थानीयको आरोप छ।

टेकबहादुर शाहिले अन्नपुर्ण पोष्टमा लेखेका छन् ।

प्रकाशित मिति : २०७५ भाद्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस