![](https://karnalimission.com/wp-content/uploads/2018/08/kanna-bohara-jumla-1.jpg)
नन्दराम जैसी
जुम्ला । जिल्लाको पातारासि गाँउपालिका वडा नं २ का वडा अध्यक्षमाथी कार्यालय समयमै सांघातिक हमला भएको छ । यहि भाद्र १० गते दिउसो वडा कार्यालयको काममा ब्यस्त रहेका अध्यक्ष कन्न बोहोरामाथी सोहि समयमै सांघातिक हमला भएपछि उनि गम्भीर घाईते भएका छन् । वडा स्तरिय युवा क्लबको अध्यक्ष आफै हुन पाउनुपर्ने भन्दै पुरानो क्लबलाई वडा अध्यक्षले आफ्नो माग अनुसार पुन गठन नगरेको आरोपमा स्थानीय तिन युवाले उनिमाथी अभद्र व्यवहार गर्दै कुटपिट गरेका हुन् ।
वडा अध्यक्षलाई कार्यालय बाहिर बोलाएर अलि पर जाँउ भन्दै धारिलो हतियारको प्रयोग गरेर स्थानीय युवा पुर्णसिहं बोहोरा, बुद्धि बोहोरा र राजेन्द्र बोहोराले कुटपिट गरेका थिए । वडा अध्यक्षलाई कुटपिट गर्ने तिनै जना घटनाका आरोपितलाई तत्काल पक्राउ गरि कार्वाही गर्न जिल्ला प्रहरी कार्यालयमा किटानि सहितको उजुरि समेत दर्ता भएको छ । घटनापछि फरार आरोपितको खोजिकार्य जारि रहेको प्रहरीले बताएको छ । भने घटनामा गम्भीर घाईते वडा अध्यक्षको न्युरो अस्पताल काठमाडौमा थप उपचार भैरहेको छ । कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लाले रेफर गरेपछि सोमबारबाट उनी न्युरो अस्पताल भर्ना भएका हुन् ।
उनको टाउकोमा ठुलो चोट लागेको आफन्त अम्मर बिष्टले बताए । उनका अनुसार घाँटी र आँखामा पनि चोट लागेर समस्या देखिएको छ । उनको स्वास्थ अवस्था सुधारउन्मुख भएपनि चिकित्सकको सल्लाह अनुसार १४ दिनसम्म न्युरो अस्पतालमै भर्ना गर्नु पर्नेछ । पारिवारिक स्रोतका अनुसार फरार अभियुक्तलाई ईलाका प्रहरी चौकि डिल्लिचौरमा कार्यरत प्रहरिलेनै घटना स्थलबाट भगाएको आरोप छ । वडा अध्यक्ष कुटिएर अस्पताल भर्ना भएपछि वडा कार्यालयको दैनिक कामकाजमा असहज भएको छ ।