साहसिक यात्रा ः जुम्ली युवाले उडाए प्याराग्लाईडिङ

सागर परियार

जुम्ला,  कर्णालीमै पहिलो पटक जुम्ली युवाको साहसिक यात्रा प्यारागलाईडिङको टेष्ट उडान सफल भएको छ । तातोपानी गाउँपालिका ५ का स्थानीय युवा टंक नेपाली द्धारा निमार्ण गरिएको प्यारागलाईडिङको शुक्रबार टेष्ट उडान सफल भएको छ । प्रतिभाशाली टंक नेपालीले समग्र कर्णालीलाई पर्यटनमा आत्मनिर्भर बनाउन तथा आर्थिक समृद्धीका लागि व्यवसायीक प्यारागलाईडिङ उडानको शुक्रबार टेष्ड उडान सफल भएको हो । पर्यटन प्रबद्धन तथा आन्तरिक तथा बाह्य पर्यटक हरुको आकर्षण बढाउन तथा कर्णाली क्षेत्रलाई चिनाउनका लागि व्यवसायीक प्यारागलाईडिङ उडानको लक्ष्य लिएको निमार्णकर्ता प्रतिभाशाली युवा टंक नेपालीले बताए । उनले भने, युटवका माध्यमबाट सबै हेरेर बनाउन सिकेको हुँ । यसका लागि औपचारिक कुनै अध्यायन पनि गरेको छैन् । मेरो सिक्ने माध्यनै युटब थियो । सबै युटबमा हेरेर बनाए, अन्नत आज सफल भएको भन्दै निकै खुसी थिए टंक नेपाली ।

कर्णालीलाई चिनाउने मेरो अभियान युटब हेरेर गरेको मेहनत आज सबैको प्रसंशाको विषय भनेको भन्दै आगामी दिनमा हेरिकप्टेर समेत बनाउने क्षामता आफुमा रहेको दाबी गरे । प्रेरणाको स्रोत युटब थियो । हेरेरै बनाए, सफल भए, यसमा सघाउने सबैलाई धन्यबाद समेत दिए । प्यारागलाईडिङ निमार्ण तथा उडानले आफ्नो प्रतिभा पहिचान हुनुका साथै, पर्यटन प्रबद्धनमा टेवा पुग्ने विश्वासका साथ व्यापार छोडेर यता लागेको बताए । प्यारागलाईडिङ निमार्ण सामाग्री सबै बाहिरी जिल्लाबाट ल्याउनु पर्ने बाध्यामक परिस्थितीका कारण खर्च व्यवस्थापनमा निकै समस्या भएको उनको भनाई छ । टेष्ट उडानका लागि निमार्ण गरिएको प्यारागलाईडिङका लागि झण्डै ५ लाख भन्दा बढि व्यक्तिगत खर्च लागेको बताए । कर्णाली क्षेत्रलाई चिनाउने आधार भनेकै पर्यटन हो । सरकारको लगानी प्रयाप्त चाहिन्छ । तरपनि प्यारागलाईडिङ उडानका लागि अनुमती दिने कानुन नेपालमा नभएकै कारण आफु लगायत सयौ युवाका प्रतिभाले अबसर नपाएको गुनासो गरे । उनले भने, सरकारले प्यारागलाईडिङ उडानका लागि अनुमती दिने व्यवस्था गर्नु पर्छ, जसले पर्यटन प्रबद्धनमा निकै ठुलो राहात हुनुका साथै, आर्थिक समृद्धीमा पनि हुने देखिन्छ ।

व्यवसायीक उडान गर्छौै
शुक्रबार गरिएको टेष्ट उडानमा पाईलट लोकेश शाहि, पदम बहादुर शाहि तथा निमार्णकर्ता टंक नेपालीले आम जुम्लीलाई प्यारागलाईडिङ उडानको चमत्कार देखाए । लाम्रा गाउँको डाँडाँबाट दुईवटा टेष्ट उडान पाईलटहरुले सफल बनाई आम जुम्लाई रमाईलो प्रदान समेत गरे । प्यारागलाईडिङ उडान हेर्नकै लागि पश्चिम नाग्म र पुर्व सदरमुकाम देखिका हजारौ मानिसको भीड थियो । भने, उडान पश्चात निमार्णकर्ता टंक नेपाली लगायत दुवै पाईलटलाई आफन्त तथा हेर्न गएका फुलमाला सिन्दरले सम्मान समेत गरे । टंक नेपालीले भने, प्यारागलाईडिङ उडान प्रति नागरिकलाई चासोलाई मध्यनजर गर्दै व्यवसायीक उडान थाल्ने बताए । उनले भने, बाह्य तथा आन्तरिक पर्यटकहरुलाई १५ सय देखि ३० हजार सम्मको शुल्कमा प्यारागलाईडिङमा जुम्लाको दृष्य अबलोकन गराउने सबैलाई सुनाए । एकता तर्फ पर्यटन गतिविधि बढ्ने, अर्कोतिर आर्थिक हिसाबले पनि बलियो भईने, त्यसका लागि व्यसायीक उडान गर्न तयार रहेको उनको भनाई छ ।

भारतको मनाली बाट प्यारागलाईडिङ उडान सिकेर आएका लोकेश शाहि र पदम बहादुर शाहिले जुम्लामा प्यारागलाईडिङ उडानको सम्भावना र चुनौती उत्तिकै रहेको बताए । नियमित उडानले पर्यटक तान्न सक्छौ, यहाँका रहेक सम्भवानालाई चिनाउन सक्छौ, यसमा स्थानीय सरकारले पनि लगानी गर्नु पर्ने उनी दुबैजनाको माग छ । बाह्य तथा आन्तरिक पर्यटकको मागलाई मध्यनजर गर्दै जतिबेला पनि उडान गरिने भएको छ ।

१ करोड ऋण आबश्यक
जुम्लामा प्यारागलाईडिङको व्यसायीक उडानका लागि नयाँ प्यारागलाईड निमार्णका लागि आबश्यक खर्च जुटाउन स्थानीय सरकार संग ऋण माग्ने उनिहरुको योजना छ । अहिले आफ्नै व्यक्तिगत खर्चमा टंक नेपालीले, गलाइईट १, टिपहार २ वटा, सोलो प्यारामिट २ अल्ट्रालाईट लगायतका विभिन्न सामाग्री आफ्नै खर्चमा उत्पादन गरी टेष्ट उडान गरेका हुन् । जसका लागि ५ लाख बढि खर्च लागेको छ । तर, टंक नेपालीले, भने, व्यवसायीक उडानका लागि नयाँ प्यारागलाईड निमार्ण गर्न झण्डै १ करोड बजेट आबश्यक छ । कम्पन्नीमा दर्ता भएर, सरकार संग ऋण माग्छौ, ब्याज तिर्ने गरेर । उनले थपे, पर्यटन प्रबद्धनका लागि साहाशीक यात्रा प्यारागलाईडिङ उडानलाई निरन्तरता दिन्छु, आफ्नो एक घर धितोमा राखेर भएपनि १ करोड ऋण निकालेर नयाँ थप, प्यारागलाईइ उत्पादन गरी व्यवसायीक उडान थाल्ने दाबी गरे । कम्पन्नीमा दर्ता, भएपछि सरकारलाई नियमति कर तिर्ने देखि हरेक पक्षमा ध्यान दिने छु । तर सरकारले ऋण दिनु पर्ने उनको माग छ । निश्चित समय भित्र तिर्न नसके घर लिलाम गर्न पनि तयार रहेको उनको भनाई छ । जुम्लाका विभिन्न क्षेत्रको अध्यायन गरि नियमित हावा बहने क्षेत्रबाट नियमति उडान थालिने भएको छ । कर्णाली क्षेत्रलाई चिनाउने मेरो प्रयास हो, यसमा सरकारले सहयोग नगरे कुर्नैपनि हालतमा सपना साकार गरेरै छाड्ने उनको दाबी छ ।

पर्यटक तान्ने विश्वास
शुक्रबार टेष्ट उडानका क्रममा थामि नसक्ने मानिसको भिडले प्यारागलाईडको नियमित उडानले पर्यटक तान्ने विश्वास गरिएको छ । झण्डै १० हजार मानिस शुक्रबार प्यारागलाईडिङ उडान हेर्न विहानै देखि भीड लागेका थिए । आन्तरिक पर्यटकलाई १५ सयमा उडान गरिने भएपछि त, पालो भ्याई नभ्याई हुने अबस्था देखिएको कर्णाली डाईनामिक एयर रिर्सच एण्ड एडभन्चर गुपका प्रमुख टंक नेपालीले बताए । बाह्य पर्यकटलाई ३ हजार लगिने छ । आफ्नो भिडियो बनाउन तथा दृष्य अवलोकन गर्नका लागि प्यारागलाईडिङ उडान गर्नेको भीड लागेको थियो पहिलो दिनमै । पहिलो दिन निशुल्क गरेपनि आगामी दिनमा आन्तरिक तथा बाह्य पर्यटकलाई शुल्क लगाईने छ । जुम्ला हुदै राराताल जाने पर्यटकहरुलाई अनिवार्य प्यारागलाईड चड्ने वाताबरण सृजना गर्ने उनिहरुको भनाई छ । पर्यटकिय गाउँका रुपमा लाम्रालाई विकास गर्न तथा समग्र जुम्लाको पहिचान बनाउन उडान कार्य नियमित हुने छ । भने, पर्यटक हरुको मुख्य आर्कषण केन्द्र विन्दुका रुपमा रहेको तातोापानी,लाम्रा, तथा सदरमुकाम क्षेत्रमा नियमित उडान गरिने छ ।

जुम्लामा पर्यटन चहलपल
जुम्ला जिल्ला आफैमा एक पर्यटकिय जिल्ला हो । जुम्लामा विभिन्न सम्भवनाले भरिएको क्षेत्र हो । मात्रै लगानीको खाँचो छ । एकपछि अर्को गर्दै जुम्लामा पर्यटन चहलपल निकै बढेको छ । कर्णालीकै ठुलो शान्ती स्तुपा निमार्ण पछि दैनिक सयौको भीड त्यता लाग्ने गरेको छ । भने, होमस्टे तथा कृत्रिम ताल निमार्णको परिकल्पना गरिएको गुठिचौरमा भीड दैनिक त्यस्तै छ । ठाकुर ज्यु, विष्ट ज्युमा पर्यटकहरुको घुईचो छ । भने, जुम्लाको तातोपानीमा शनिवार लाग्ने भीड कम हुदैन् । त्यसैमा शुक्रबार देखि जुम्ली युवाले बनाएको प्यारागलाईडिङको सफल उडान भएपछि पर्यटन चहलपलह बढेको हो । एक पटक हिजोआज लाम्रा नपुग्ने मानिस कोहि बाँकी छैनन् । प्यारागलाईडिङ उडान पहिलो चोटी देखेका जुम्ली आकाशमा चरा उडे जस्तै गरेको देख्दा दंग छन् । घरको काम छोडेर पनि त्यहा हेर्न जानेको घुईचो दिनानु दिन छ । यसको व्यवस्थापन तथा स्तरी सेवा दिने विषयमा टंक नेपालीको टोली लागि परेको छ । लुकेर रहेका प्रतिभाशाली युवाहरुलाई सरकारले लगानी गर्न आबश्यक रहेको स्थानीय ब’द्धिजीवि खडानन्द चौलागाईले बताए । उनले भने, युटब हेरेर प्यारागलाईडिङ बनाउने युवा जुम्लामा छन् । यस्ता प्रतिभालाई सम्मान गर्नु पर्नेमा उनको जोड छ ।

प्रकाशित मिति : २०७५ भाद्र २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस