कांग्रेस उपसभापतिमा विजयकुमार गच्छदार मनाेनयन

काठमाडौँ : कांग्रेस उपसभापतिमा विजयकुमार गच्छदार नियुक्त भएका छन् । उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले विधानको बाधा अड्काउ फुकाउको माध्यमबाट उपसभापति बनाएका हुन् । आज बसेकाे कांग्रेस केन्द्रीय समितिबाट गच्छदार उपसभापतिमा नियुक्त भएका हुन् । गच्छदारको मनोनयन राजनीतिक निर्णयमा गरिएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । कांग्रेस महासमिति बैठक २८ मंसिरदेखि ३ पुससम्म हुने पनि उनले जानकारी दिए ।http://www.nayapatrikadaily.com/2018/11/06/112300/

 

 

प्रकाशित मिति : २०७५ कार्तिक २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस