तस्वीर - दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लास्तरीय खेलाडी छनोट प्रतियोगिता
जुम्ला – कर्णाली प्रदेशस्तरीय भलिवल प्रतियोगिता जुम्लामा हुने भएको छ । “स्वर्गीय राष्ट्रिय भलिबल खेलाडी भुवन केसी र दीर्घ बहादुर खत्रीको स्मृतिमा कर्णाली प्रदेश स्तरीय भलिबल प्रतियोगिताको आयोजना गर्न थालिएको हो ।
जिल्ला खेलकुद विकास समिति जुम्लासँग समन्वय गरी सरस्वती युवा क्लब, चन्दननाथ नगरपालिका–७ मिचा, जुम्लाको आयोजनामा २०८३ कार्तिक ७ देखि ९ गतेसम्म कर्णाली प्रदेशस्तरीय भलिवल प्रतियोगिता गर्ने थालिएको क्लवका संरक्षक तथा कर्णाली भलिबल संघका सदस्य लक्ष्मीबहादुर रावलले बताए । उनले भने, कर्णाली प्रदेशका खेलाडीलाई ऐक्यबद्ध गराई खेलकुद क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ भलिवल प्रतियोगिता सञ्चालन गर्न थालिएको हो ।
भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख ५१ हजार १ सय रुपियाँ र दोस्रो हुने टिमलाई १ लाख १ हजार १ सय रुपियाँको पुरस्कार रासी रहेको क्लवका संरक्षक चेतनबहादुर रावलले बताए । उनले भने, यस्तै भलिवल प्रतियोगितामा टिम दत्ता शुल्क १० हजार रुपियाँ रहेको छ ।
साथै क्लवले जिल्लास्तरीय दोहोरी गित प्रतियोगिताको आयोजना गरिएको छ । दोहोरी गित प्रतियोगितामा प्रथम हुने टिमलाई ३० हजार १ सय रुपिया र दोस्रो हुने टिमलाई २० हजार १ सय रुपियाँ पुरस्कार व्यवस्था गरिएको छ । यसमा टिम दर्ता शुल्क भने ३ हजार रुपियाँ रहेका क्लवका सचिव प्रकाश रावलले बताए । टिम दर्ता जिल्ला खेलकुद विकास समिति र ग्रीनल्याण्ड होटलमा गर्न सकिने स्थान तोकिएको जनाएको छ ।




