प्रधानमन्त्रीलाई लेखा समुहको ज्ञापन पत्र

जुम्ला ः आर्थिक प्रशासन तथा वित्तिय व्यवस्थापनको एकिकृत परिचालन तथा आर्थिक सुशासन तथा दरवन्दीका विषयमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार जुम्लाका लेखा समुह तथा वित्तिय व्यवस्थापनका कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् ।

आवश्यकता अनुसार संघ प्रदेश मातहतका आयोजना निर्देशनालय, डिभिजन जस्ता कार्यालयहरुमा लेखा समुहको दरवन्दी थप गरिदिनु हुन र साविक बमोजिम दरवन्दी कटौती नगरी दिन अनुरोध गर्दै २१ बुदे माग राख्दै ज्ञापन पत्र बुझाएको लेखा समुहले जनाएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले कर्मचारीका माग जायज छन् यस विषयमा राज्यले मन्थन गर्नुपर्ने आवश्यक रहेको बताए । ज्ञापन पत्रलाई सम्वन्धित निकायमा पुर्याउन सहयोग गर्ने उनले पतिबद्धता गरे ।

प्रकाशित मिति : २०७५ पुष १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस