सवारी चालकलाई नियम सिकाउदै ट्राफिक

जुम्ला ः कर्णाली राजमार्गमा संचालनमा आएको सवारी चालकहरुलाई जिल्ला ट्राफिक कार्यालय जुम्लाले ट्राफिक नियम सिकाउदै आएको छ । कर्णाली राजमार्गमा चल्ने छोटो तथा लामो दुरीका सवारी चालकलाई यस्तो नियम सिकाउने गरेको हो ।

एउटा भनाई छ ढिलो गरे अवश्य गन्तव्यमा पुगिन्छ तर हतार गरे भन्न सकिदै, यसले गर्दा पनि सवारी चालक सहित जोसुकैले ट्राफिक नियमको पालन गर्नुपर्ने प्रहरी सहायक निरीक्षक माधब रावतले बताए । उनले भने पछाडीको सवारी साधनले अगाडी जान खोजेको अवस्थामा साईट दिन सवारी साधनले बाँया तर्फको साईट लाईट बालेर सवारी साधनको गति कम गर्नु पर्दछ ।

त्यसैगरी अगाडी जान खोज्ने सवारी साधनले दायाँ तर्फको साईट लाईट बालेर अगाडी जाने र अगाडी गईसकेपछि बाँया साईटको लाईट बाल्दै पुन आफ्नो लेन यात्रा निरन्त्रर गर्नु पर्दछ उनले भने ।

प्रकाशित मिति : २०७५ माघ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस