
जुम्ला : बिदामा दुरुपयोग भएका एक दर्जन सवारी सधान शनिबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक कार्यालय जुम्लाले बिदाको दिन प्रशासनबाट अनुमति नलिई चलाइएका दर्जनभन्दा बढी सवारी साधन नियन्त्रणमा लिएको हो ।
प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बिदाका दिन सरकारी साधन दुरुपयोग भएको बताए । जिल्ला प्रशासनबाट अनुमति पत्र लिएर मात्र बिदाकाे दिन सवारी चलाउने व्यवस्था भएको पौडेलले जनाए । ‘सरकारी सवारी साधन दुरुपयोग गर्नेलाई कारवाही गरेका छौँ,’ उनले भने, ‘यस्ता गतिविधि घटेको भने छैन् ।’
विरामी हुँदा अस्पताल लैजान एम्बुलेन्स नभएको ठाउँमा ठुलो रकम खर्चेर सवारी साधन खरिद गरेका सरकारी सवारी साधनको दुरुपयोग भएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए ।
प्रकाशित मिति : २०७५ फाल्गुन १२ गते आइतवार