जिल्ला कारागार जुम्लामा बुक क्लव गठन

जुम्ला ः जिल्ला कारागार जुम्लामा आइतबार एक औपचारिक कार्यक्रम गरी बुक क्लव गठन गरिएको छ । कैदीवन्दीको पुस्तक पठन सस्कृति विकास गर्नका लागि उक्त बुक क्लव गठन गरिएको हो । पुस्तक संकलन गरी कारागारमा पुस्तकालय स्थापना गर्ने अभियानमा जुटेका अभियान्त कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी महेश विक्रम शाहको उपस्थितिमा बुक क्लव गठन गरिएको हो । कारागारमा जेल जीवन विताई रहेको ८४ जना कैदीवन्दीहरुको बीचबाट बुक क्लव गठन गरिएको छ । प्रदेश प्रहरी प्रमुख डिआईजी महेश विक्रम शाहका अनुसार कारागार कारागार नभएर एक सुधार गृह पनि हो ।

यहाँ विभिन्न घटनामा जेल जीवन विताई रहेका कैदीवन्दीहरुले आफ्नो जीवन सकियो भनेर सोच्नु भन्दा पनि भोलि एक असल नागरिकको पहिचान दिनु पर्ने बताए । कर्णाली प्रदेशका सवै जिल्लामा पुस्तकालय स्थापना गरी पठन सस्कृतिको विकास गरी असल नागरिक र सकारात्मक सोचको विकास गर्ने उद्देश्यले पुस्तकालय स्थापनाको अभियान सुरु गरिएको हो ।

बढी पुस्तक पढ्ने र पुस्तक पढेल आफ्नो बानी व्यवहोर परिर्वतन गरी असल नागरिकको पहिचान दिनेलाई मुल्यांकन गरिने र पुरस्कारको पनि व्यवस्था गरिएको प्रहरी प्रमुख शाहले बताए । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे, चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवाल, प्रहरी नायव उपरिक्षक सिताराम सिजा लगायतले आफ्नो मन्तव्य राखेका थिए । कैदीवन्दी गगन शाहीको अध्यक्षतामा ७ सदस्यीय बुक क्लव गठन गरिएको जेलर टंकराज न्यौपानेले बताए । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका १० जिल्लाका कारागारमा रहेका कैदीबन्दीका लागि पुस्तकालय बनाउने अभियान पुस २५ गते सुरू गरेको थियो ।

प्रहरी प्रशासन, विभिन्न सामाजिक सङ्घसंस्था, नागरिक समाज, इन्सेक, महिला अधिकारकर्मी, पत्रकार लगायतका व्यक्ति यो अभियान सफल पार्न जुटेका थिए । ूकारागारका बन्दीहरूको अर्को संसार कहाँ छ ? त्यो संसार किताबमा छू भन्ने मुलनारा सहित अभियान सुरु गरिएको थियो । कैदीबन्दीलाई एक अपराधीका रूपमा मात्र हेरिन्छ । जसका कारण उनीहरूले हिनताबोध गरेका हुन्छन् ।’ त्यसैले गर्दा, विभिन्न कला साहित्य, सफल जिन्दगी कथा, आम सञ्चार, मानवअधिकार, कानुन लगायतका पुस्तकहरू अध्यायन गर्न दिँदा मानसिकता समेत परिवर्तन हुने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस