तेस्रो पटक चेकजाँच, कर्णालीका चालकको स्वास्थ्यमा सुधार

सागर परियार,
कर्णाली राजमार्गमा बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्न सवारी चालकको निशुल्क स्वाथ्य परीक्षण गर्ने अभियान जारी छ । यस अभियान अन्र्तगत विहिबार जिल्ला ट्राफिक कार्यालय जुम्लामा भएको स्वास्थ्य परिक्षणमा झण्डै ६० जना चालकको स्वास्थ्य चेकजाँच गरीएको छ । चेकजाँच गरिएका सबै चालकहरुको स्वास्थ्य अबस्थामा विगतको भन्दा सुधार हुदै गएको सिअनमी मालिका थापाले बताईन । विलासी खानपानका कारण चालकहरुमा स्वास्थ्य समस्या देखिनु स्वभाविक हो । तर यसमा नियन्त्रण गर्न नसके आम यात्रुको जीवननै जोखिममा पर्ने उनको भनाई छ ।

बढ्दो अल्कोहलको प्रयोगले गर्दा, प्रेसरको समस्या बढि हुन्छ । विगतमा गरिएको चेकजाँचमा दिएको सल्लाह अनुसार चालकहरुले नियमित औषधी सेवन गरेकोले सुधार आएको अनमी थापाको भनाई छ । यस अघि माघ २७ गते चेकजाँच गराएका ५० जना चालमका प्रेसरको समस्या थियो अहिले सुधार हुदै गएको छ । भने आँखाको समस्यामा पनि सुधार भएको आईवर्कर सुपरभाईजर दल बहादुर महताराले बताए ।

पहिलाको भन्दा आँखा चेक गर्ने भिजन चाँर्ट चालकहरुले स्पष्ट संग भनेको उल्लेख गरे । कर्णाली राजमार्गमा गुड्ने ट्याक्टर, बस, जीप, अटोरिक्सादेखि मालबहाक गाडीका चालकहरु स्वास्थ्य चेकजाँच लाई निरन्तरता दिइएको ट्राफिक निमित्त प्रमुख कुशराज शाहिले बताए । उनलेभने, अब प्रत्यक महिनाको एकपटक चेकजाँच गर्ने तयारीमा छौ ।

आँखाको कलर भिजन देखि ट्राफिक नियम पालाना देखि अन्य विषयमा पनि सुधार हुदै आएको उनको भनाई छ । ‘मदिरा सेवनकै कारण चालकहरुको हात काप्ने, आँखा पहेलो देखिने जस्ता लक्षण पनि विस्तारै हुन छोडेका छन् । नियमित चेकजाँच गर्ने यसबाट दुर्घटनाको नियन्त्रण गर्ने लक्ष्य रहेको छ । सवारी चालकहरुले आफु स्वस्थ रहन तथा सवारी दुर्घटना घटाउन मध्यपान र धुम्रपान सेवन छोड्न सुझाब दिएको ट्राफिक प्रमुख शाहिले बताए ।

छोटो तथा लामो दुरीका सवारीमा हुने मनपरी लगायत चलाकहरुको व्यवहार परिवर्तनमा ट्राफिक प्रहरी नियमित लागि परेको छ । सरकारी चालक देखि अन्य चालकहरुलाई सवारी ओभरटयाक बारे जानकारी पनि दिने गरिएको बताइएको छ ।

शिविरको अवसरमा अधिकांश सवारी चालकहरुले शुरु शुरुमा सहजै आफ्नो स्वास्थ्य परिक्षण मानेका थिएनन् । तर पछिल्लो समय स्वास्थ्य परिक्षणका बिषयमा धेरै कुरा बुझेपछि चालकहरु उत्साहित भएका छन् । नियमित चेकजाँच नगराउने मदिरा प्रयोग गरेर सवारी चलाउने, क्षामता भन्दा बढि यात्रु हाल्ने लगायतका गतिविधि गरेमा अब सिधै कार्बाहि गरिने समेत चेतावनी दिइएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस