कर्णाली पोष्ट दैनिक
जुम्ला ः नेपाली काँग्रेस जुम्लाले सरकारका गलत कामको भण्डाफोर गर्नका लागि गाउँ बस्ते तयारी गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति जुम्लाको शबिार पार्टी कार्यलयमा बसेको बैठकले बैशाख १६ गतेबाट गाउँ गाउँमा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सहित स्थानीय तहका गलत कामको भण्डाफोर गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेसको जागरण अभियानका लागि जुम्ला पुगेकी केन्द्रिय प्रतिनिधि रमा कोइराला पौडेल सहित जिल्लाका नेताहरु जुम्लाका दुर्गम बस्तीहरुमा जाने भएका हुन् ।
पार्टीको संगठन सुधार्न तथा सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्न प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले देशव्यापी जागरण अभियान सञ्चालन गर्नु पुर्व नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने उद्देश्यले जुम्ला कांग्रेस गाउँ पस्ने तयारीमा लागेको हो ।
वैशाख १६ गते लासी (पातारासी गाउँपालिकाको डिल्लीचौर र पटमारा), १७ खलाढिक (छुमचौर, पातारासी) १८ गते गुठीचौर गाउँपालिका मुडुरी र कुडी, १९ गते मणिसाँघु डिल्लीकोट, गडिगाउँ, चोत्र, २० गते देपालगाउँ, गज्र्याङ्ककोट, झारज्वालामा कार्यक्रम गर्ने भएको छ । त्यसैगरी २१ गते कार्तिकस्वामी, तलिउम उमगाड, २२ गते चन्दनाथ नगरपालिका १, ४, ५, ६ वडामा २३ गते तातोपानीको हाँकु, लाम्रा, २४ गते भातृ तथा सुभेच्छुक संगठनको छलफल र २५ गते केन्दीय जनजागरण अभियान उद्घाटन गर्ने कार्यक्रम भएको नेपाली कांग्रेस जुम्लाका भातृ संगठन विभाग प्रमुख लक्ष्मण शाहीले बताए ।