एकिकृत घुम्ती सेवामा सिम कार्ड देखि नागरिकता

जुम्ला : सदरमुकाम खलङ्गा देखि पूवी भेगमा पर्ने गोठीचौर गाउँपालिका – २ कोदारी साधेपानीमा एकिकृत घुम्ती सेवा सञ्चालन गरी स्थानीयलाई सिम कार्ड देखि नागरिकतासम्म वितरण गरिएको छ ।शनिबार जिल्ला प्रशासन कार्यालय जुम्लाको आयोजना तथा गोठीचौर गाउँपालिकाको समन्वयमा एकिकृत घुम्ती सेवा सञ्चालन गरिएको हो । एकृकित घुम्ती सेवामा प्रहरी प्रशासन, स्वास्थ्य, पशुसेवा, पशुसेवा, हुलाक, टेलिकम सहित दर्जन बढी संघीय सरकारी कार्यालय ग्रामीणमा पुगेर सेवा प्रवाह गरेका हुन् ।


एकिकृत घुम्ती सेवामा सिम कार्ड, नागरिकता, तरकारीको विउ वितरण, स्वास्थ्य उपचार, पशु चौपायको औषधी देखि प्राविधिक सल्लाह, मतदाता नामावली, हुलाक टिकट, सुत्केरी महिलालाई सरसफाईका सामाग्री वितरण लगायत दर्जन बढी सेवा प्रवाह गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार यहाँका स्थानीय नागरिक नभएर राज्यको सेवासुविधाबाट बञ्चित नहुन भनेर सेवाग्राहीको घरदैलोमा आएर नागरिक उपलव्ध गराउने व्यवस्था गरिएको बताईन् । उनले भनिन् ७०÷७५ बर्ष उमेर पुगेका स्थानीयलाई नागरिता वितरण गरिएको छ । यहाँ देखि प्रशासन पुगेर नागरिकता लिन असहज छ, त्यसै असहजतालाई सहजता बनाउनका लागि घरदैलोमै नागरिकता उपलव्ध गराउन पाउदा गौरव लागेको उनले बताईन् ।
त्यसैले आगामी दिनमा पनि स्थानीय तहसँग समन्वय गरेर जिल्लाका अन्य स्थानमा पनि एकिकृत घुम्ती सेवा सञ्चालन गर्ने प्रमुख जिल्ला अधिकारी बञ्जाडेले बताईन ।
जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार पछिल्लो समयमा ग्रामीण भेगमा सञ्चालन गरिएका एकृकित घुम्ती सेवाबाट हजारौ सर्वसाधारणलाई राहत पुगेको उनले बताईन् ।
गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीका अनुसार एकैसात दर्जन बढी स्थानीय सेवा पाएका छन् । भौगोलिक विकटताका कारण यहाँका स्थानीय सदरमुकाम पुगेर नागरिक लिन असहज छ उनले भने यस्ता प्रकारका कार्यक्रम सञ्चालन गरी पटक पटक सेवा प्रवाह गर्ने व्यवस्था गरिने छ ।
गुठीचौर गाउँपालिका – १ की तुथकली बस्नेतको २००१ बैशाख ७ गते जन्मेकी हुन् । उनले ७५ बर्षको उमेरमा पहिलो पटक नागरिक प्राप्त गरेकी छन् ।
गुठीचौर गाउँपालिका – २ की चाउली बोहोराले ५३ बर्षको उमेर नागरिकता हातमा पाउदा खुशी भईन् । उनले भनिन् यहाँको मान्छेको सरदर आयू ६० बर्ष हो नागरिकता नै नभएर मर्छुकी भन्ने चिन्ता थियो ५३ बर्षको उमेर भएपनि पहिलो पटक नागरिकता पाउदा खुशी लागेको बताईन । त्यसैगरी सुत्केरी भएको दुई महिना पनि नपुगेकी सोही गाउँपालिका – २ की दिलमाया गिरीले पनि नागरिकता प्राप्त गरेकी छन् ।
एकिकृत घुम्ती सेवामा एक हजार एक सय बढी पशुचौपायालाई औषधि वितरण गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सकले तीन सय बढी स्थानीयको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको गुठीचौर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत केशव प्रसाद शर्माले बताए । त्यसैगरी पाँच सय जना स्थानीयलाई तरकारीको विउ वितरण गरिएको छ । २० देखि ७५ बर्ष पुगेका उमेर समुहका ४१ ज्ना महिला र ५० जना पुरुषलार्ई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस