७५ बर्षीया जेष्ठनागरिकलाई नागरिकता

जुम्ला : सदरमुकाम खलङ्गा देखि पूवी भेगमा पर्ने गोठीचौर गाउँपालिका – २ की ७५ बर्षीया तुथकली बस्नेतले पहिलो पटक नेपाली नागरिकता प्राप्त गरेकी छन् । सोही गाउँपालिका २ साँधेपानीमा शनिबार सञ्चालित एकिकृत घुम्ती सेवामा उनले नागरिकता प्राप्त गरेकी हुन् ।
उनी २००१ बैशाख ७ जन्मेको भएपनि अहिलेसम्म नागरिकता प्राप्त गरेकी हुन् । ग्रामीण भेगबाट सदरमुकाम खलङ्गा प्रशासनमा आएर नागरिकता लिन असजताका कारण अहिलेसम्म उनले नागरिकता प्राप्त गर्न नसकेको बताईन् ।

त्यसैगरी गुठीचौर गाउँपालिका – २ की चाउली बोहोराले ५३ बर्षको उमेर नागरिकता हातमा पाउदा खुशी भईन् । उनले भनिन् यहाँको मान्छेको सरदर आयू ६० बर्ष हो नागरिकता नै नभएर मर्छुकी भन्ने चिन्ता थियो ५३ बर्षको उमेर भएपनि पहिलो पटक नागरिकता पाउदा खुशी लागेकी छु । त्यसैगरी सुत्केरी भएको दुई महिना पनि नपुगेकी सोही गाउँपालिका – २ की दिलमाया गिरीले पनि नागरिकता प्राप्त गरिन् । २० देखि ७५ बर्ष पुगेका उमेर समुहका ४१ महिला र ५० पुरुषलाई नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार यहाँका स्थानीय नागरिक नभएर राज्यको सेवासुविधाबाट बञ्चित नहुन भनेर सेवाग्राहीको घरदैलोमा आएर नागरिक उपलव्ध गराउने व्यवस्था गरिएको बताईन् । उनले भनिन् ७०÷७५ बर्ष उमेर पुगेका स्थानीयलाई नागरिता वितरण गरिएको छ ।

यहाँ देखि प्रशासन पुगेर नागरिकता लिन असहज छ, त्यसै असहजतालाई सहजता बनाउनका लागि घरदैलोमै नागरिकता उपलव्ध गराउन पाउदा गौरव लागेको उनले बताइन् । आगामी दिनमा पनि स्थानीय तहसँग समन्वय गरेर जिल्लाका अन्य स्थानमा पनि एकिकृत घुम्ती सेवा सञ्चालन गर्ने प्रमुख जिल्ला अधिकारी बञ्जाडेले बताइन् ।

प्रकाशित मिति : २०७६ बैशाख ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस