२६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा, को कहाँ ? हेर्नहोस ।

काठमाडौं, गृहमन्त्रालयले २६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा र पदस्थापना गरेको छ। म‌ंगलबार भएको सरुवा तथा पदस्थापनाबाट विभिन्न जिल्लाका प्रमुख र सहायक प्रमुखको सरुवा तथा पदस्थापना भएको हो।

सरुवा हुनेको सूचीमा जिल्ला प्रशासन कार्यालय नुवाकोटका उद्धवबहादुर थापालाई गृहमन्त्रालयमा सरुवा गरिएको छ।त्यस्तै जिल्ला प्रशासन कार्यालय सर्लाहीका द्रोण पोखरेललाई नुवाकोटमा सरुवा गरेको छ।

यस्तै जिल्ला प्रशासन कार्यालय, उर्लाबारी, मोरङका लक्ष्मण ढकाललाई जिल्ला प्रशासन कार्यालय रोल्पा पठाएको छ। मोरङमा झरेन्द्र प्रसाद चापागाईंलाई पदस्थापना गरिएको छ।

यस्तै, गृहले जिल्ला प्रशासन कार्यालय डोटीका यादव सुवेदीलाई दाङमा पठाएको छ। डोटीमा भने टेकनारायण पौडेल नै प्रमुख जिल्ला अधिकारी रहेका छन्।
हेर्नुहोस सुची ः

suchi-cdo-saruwa

प्रकाशित मिति : २०७६ जेष्ठ २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस