
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले ७७ जिल्ला र ६ महानगरको इन्चार्ज र सह इन्चार्जको टुंगो लगाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमति अनुसार ७७ वटै जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता पाएका ६ वटा महानगरपालिकाको पार्टी इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको हो ।
सबै जिल्ला र महानगरपालिकाको पार्टी ईन्चार्ज र सह–ईन्चार्जहरुको टुंगो लगाउने काम गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले साविककै पार्टी जिल्ला कमिटीका इन्चार्जहरुलाई इन्चार्जको जिम्मेवारी दिने निर्णय गरिएको पनि स्पष्ट पारे । जसमा जुम्लाबाट प्रतिनिधि सभा सांसद गजेन्द्र बहादुर महत कार्मा ईन्चार्ज र प्रदेश कानुनमन्त्री नरेश भण्डारीलाई सह ईन्चार्ज तोकेको छ ।
बैठकले पार्टीको विभाग, आयोग, प्रवास संगठनको एकीकरणको काममा टुंगो लगाउन मंगलबार अपरान्ह १ बजे पार्टी केन्द्रिय कार्यालय, बुम्बाराहीमा सचिवालयको बैठक बस्ने निर्णय पनि गरेको छ।
हेर्नुस् कुन जिल्ला को भए इन्चार्ज र सहइन्चार्ज ?