
जुम्ला ३१ भदौ ।
कर्णाली राजमार्गको जुम्ला र कालिकोट जिल्लाको सिमानामा पर्ने नाग्ममा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ भने पाँच जना गम्भीर घाईते भएका छन् । सिँजाबाट जुम्ला तर्फ जादै गरेको ना ३ ख ७६६४ नम्बरको बस तिला गुफा १ स्थित जुम्ला कालिकोटको सिमाना नाग्मको बेलिब्रेज पुलमा दुर्घटना हुँदा सिँजा गाउँपालिका – १ का २७ बर्षीय नन्दबहादुर शाहीको मुत्यु भएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए । घाइतेहरुका अनुसार चालकको लापरर्बाहीले गर्दा बस दुर्घटना भएको भन्ने जानकारी प्राप्त भएको उनले बताए ।
प्रहरी नायव उपरीक्षक धामीका अनुसार अनुसार घाइते हुनेमा चन्दननाथ नगरपालिका – ९ का ३५ बर्षीय छाया उपाध्ययाय, सोही वडाका ३१ बर्षीया गर्भकन्या उपाध्याय, मुगुको छायानाथ रारा नगरपालिका – ८ का ३० बर्षीया जुनमती रावत, सोही नगरपालिका ८ कै ३५ बर्षीया लालदेवि रावत र अछाम जिल्ला डकारी गाउँपालिका ६ का ३५ बर्षीय डिल भुल बस दुर्घटनाबाट घाइते भएका हुन् ।
उनीहरुको अहिले कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरी नायव उपरीक्षक धामीले बताए । अगाडी नेपालगन्ज जाने गाडी गुडिरहेको थियो । आफु चढेको बसलेलाई अगाडीको अगाडीलाई ओभर टयांक गर्न तिब्र गति चलाएको र कन्ट्रोन गर्न नसकी नाग्म पुल नजिकको चट्टानमा ठोकिदा बस दुर्घटना भएको घाईतको भनाईलाई उद्रित गर्दै प्रहरी नायव उपरीक्षक धामीले बताए ।
उनका अनुसार बस चालक फरार रहेका छन् भने दुर्घटना हुन वित्तिकै प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे सहितको सुरक्षाको टिम गएर शव र घाइतेलाई कर्णाली अस्पतालमा ल्याइएको छ ।