विकास मोडेल अध्ययन गर्न गाउँपालिकाका अध्यक्ष चीन भ्रमणमा

जुम्ला  : तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगी बुधबार चीन भ्रमणमा गएका छन् । चिनको विकास मोडेल अध्ययन गर्नका लागि प्रधानमन्त्रीको कार्यालयबाट चिनको कुन्मिङमा १० दिने भ्रमणका लागि प्रस्तान गरेका हुन् ।
देशभरीका विभिन्न स्थानीय तहबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहितको टोली एक १० दिन लागि चीन सरकारको निमन्त्रणा भ्रमणमा निस्केका हुन् । स्थानीय तहको विकास, समृद्धि र विकास मोडेल अध्ययन अवलोकनका लागि टोली चीन गएका हुन् ।
भ्रमणमा उनीहरुले चीनको कुन्मिङका विभिन्न स्थानको अवलोकन गर्ने भएका छन् । भ्रमणका सदस्य योगीले गाउँपालिकाको विकासका लागि चिनियाँ विकास मोडल अध्ययन भ्रमणमा गएको बताए । ‘गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउन त्यहाँको वस्तुस्थिति बुझ्न जान लागेको हुँ,’ उनले भने, त्यहाँको विकास मोडेल अध्ययन गर्ने र यहाँका स्थानीय तहमा सोही अनुसार काम गर्ने भ्रमणको मुख्य उद्देश्य हो ।

प्रकाशित मिति : २०७६ असोज २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस