स्वास्थ्यमा समस्या देखिएपछि महरा अस्पताल भर्ना

संघीय संसद सचिवालयकी कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ ।

उच्च रक्तचापको समस्या देखिएको महारालाई नर्भिक अस्पतालका नायव महाप्रबन्धक आरपी मैनालीले बताए ।

महरालाई असोज १९ गते सभामुख निवासबाट प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबार राखिएको थियो ।

प्रकाशित मिति : २०७६ असोज २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस