
कर्णाली पोष्ट दैनिक :

अमर बहादुर रोकाया
जिल्ला संयोजक, राष्ट्रिय युवा संघ नेपाल
नेपाल कम्यूनिष्ट पार्टीका भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कार्यसमिति जुम्लाका संयोजक अमर बहादुर रोकाया एक कुशल र सक्रिय राजनीतिज्ञ हुन् । तत्कालिन हाँकु गाविस हाल तातोपानी गाउँपालिका – ४ गिडिखोला गाउँमा स्थायी घर भएका रोकाया विद्यार्थी जीवन देखि सक्रिय राजनीतिक गर्दै आएका हुन् ।
०७६ कार्तिक १६ गते नेकपा केन्द्रीय कमिटिको निर्णयबाट रोकाया राष्ट्रिय युवा संघ नेपालको जिल्ला कार्यसमिति जुम्लाको संयोजकमा चयन भएका हुन् । ०७६ मंसिर १ गते काठमाण्डौ सम्पन्न राष्ट्रिय युवा संघ नेपा, प्रथम राष्ट्रिय भेलाको अबसरमा नेकपा पार्टी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्डा) र महासचिब बिष्णु पौडेलको रोवहरमा राष्ट्रिय युुवा संघ नेपालका केन्द्रीय उप महासचिव रमेश पौडेलबाट उनले सपथ ग्रहण गरे । स्नात्तक तह अध्ययन गरेका रोकायाले २०४९ चैत ३ गतेबाट तत्कालिन नेकपा एमाले पार्टीको सिद्धान्तलाई आत्मसाथ गरी नेकपा एमाले पार्टीको भाृत संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन हिमशिखर माध्यामिक विद्यालय तातोपानीको प्राम्भिक कमिटीको सचिव पदमा रहि विद्यालय तह देखि नै राजनीति सुरु गरेका थिए ।
२०५१ भदौँ २५ गते अनेरास्वीयु जिल्ला अधिबेशनमा जिल्ला कमिटी सचिव पदमा निर्वाचित भए । ०५२ सालमा जुम्ला बहुमुखि क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन(स्वबियू) निर्वाचनमा तत्कालिन नेकपा एमालेको जनवर्गिय संगठन अनेरास्वीयूको तर्फबाट सहसचिव पदमा विजयी भएका थिए । २०५४ साल असोज १२ गते तत्कालिन नेकपा एमालेको जनबर्गिय संगठन युवा संघ नेपालको जुम्ला जिल्ला अबिधेशनबाट युवा संघ जिल्ला कमिटी जुम्लाको उपाध्यक्ष पदमा निर्वाचित भई कामकाज गरेका थिए । त्यसैगरी २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा तत्कालिन हाँकु गाविस गाँउ निर्वाचन परिचालन कमिटिमा रहि युवा परिचालनमा सक्रिय जिम्मेवार पुरा गरेका थिए । २०५८ सालको संसद निर्वाचनका लागि नेकपा एमाले ईलाका नं ४ निर्वाचन परिचालन कमिटि सह सचिब पदमा सहि कामकाज गरेका थिए ।
२०६३ साल देखि नेकपा एमाले जुम्ला जिल्लाको संगठित सदस्य प्राप्त गरी सक्रिय राजनीति सदस्यको रुपमा रही नियमित सदस्य नविकरण समेत गर्दै आएका छन् । २०६४ भदौमा सम्पन्न जिल्ला अबिधेशनबाट तत्कालिन नेकपा एमाले जिल्ला कमिट जुम्लाको बैकल्पीक जिल्ला कमिट सदस्य पदमा निर्वाचित भई पार्टी जिल्ला कमिटीमा रही कामकाज गरे । २०६७ असारमा भएको जिल्ला अभिबेशनबाट नेकपा एमाले जिल्ला कमिट जुम्लाको जिल्ला कमिटी सदस्य पदमा निर्वाचित भई पार्टी जिल्ला कमिटीमा रही कामकाज गर्दै आएका थिए । २०६८ सालमा नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको कर्णाली अञ्चल समन्वय कमिटिबाट सदस्य पदमा मनोनयन भई युवा संघ नेपाल कर्णाली अञ्चल कमिटी सदस्य पदमा रही कामकाज गरेको उनीसँग अनुभव छ । २०६४ साल बैशाख देखि २०६८ असोजसम्म तत्कालिन नेकपा एमालेको सिफारिसबाट जिल्ला खेलकुद विकास समितिको सदस्य पदमा मनोनयन भई खेलकुद क्षेत्रमा पनि उनको योगदान रहेको छ । २०७६ साल असार देखि नेपाल कम्यूनिष्ट पाटी जुम्ला जिल्ला कमिटी सदस्य समेतको जिम्मेवारी समाल्दै आएका छन् ।
समाजिक सेवामा योगदान
नेकपा भातृसंगठन युवा संघ जुम्लाका संयोजक रोकायाको सामाजिक क्षेत्रमा पनि महत्वपुर्ण योगदान रहेको छ । २०५६ देखि २०६० साल ४ बर्षसम्म माध्यामिक बिद्यालय हाँकु जुम्लामा निजि स्रोतबाट प्राबि. तह को शिक्षक पेशाको उनले अनुभव बटुलेका छन् । जुम्लाकै क्रियाशिल मासिक संस्था ग्रामीण विकास समुह जुम्लामा २०६१ देखि २०६६ सालसम्म कार्य समितिको सचिव पदमा रहेर सामाजिक क्षेत्रमा योगदान गरेका थिए । २०६८ —२०७१ र २०७५ देखि हालसम्म २ कार्यकालमा ग्रामीण परिबेश नेपाल जुम्ला संस्थाको कार्यकारी अध्यक्ष पदमा रहेका समाज सेवा गर्दै आएका छन् । समग्र गैर सरकारी संस्थाहरुको छाता संगठन गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा जुम्ला पाँचौ जिल्ला अबिधेशनबाट सचिव पद र छैटौ अबिधेशन २०७५ मंसिर ६ गते देखि अध्यक्ष पदमा रहेर जिम्मेवारी बहन गर्दै आएका छन् ।
अन्य बिकसिल मुलकको तुलनामा हाम्रो देश, समाज, जिल्ला र बस्ती बस्तीका समग्र युवा गरिवी र बेरोजगारीका कारण पथभ्रष्ट हुँदै नशालु पदार्थको सेवन, चन्दा, आतन्क, लुटपाट, हिंसा हत्या र द्वन्द्वमा संलग्न हुनुको साथै ज्याला मजदुरीका लागी भारत लगाएत अन्य खाडी मूलुकमा पलाएन हुने र कुलतमा लाग्ने गरेको तथ्याङ्क छ । यस वर्गका युवाहरुको सोच, धारण, ज्ञान, सीप र बिचारमा सकरात्मक परिर्वतन गराई सबै क्षेत्रमा युवाहरुको सहकार्य, प्रतिनिधित्व गराई नेपाल सरकारको “समृद्ध नेपाल सुखि नेपाली” अभियानमा सार्थक योगदान पुर्याउको साथै नेपाल कम्यूनिष्ट पार्टी प्रति युवाको सकारात्कम सोचको बिकास गराउनुको साथै जिल्ला, गाँउ र टोल स्तरमा राष्ट्रिय युवा संघ नेपाल को संगठन बिस्तार गर्ने र नेपाल कम्यूनिष्ट आन्दोलनको समाजवाद नेपालको परिकल्पना÷अभियानमा हातेमालो गर्नेका लागि लक्ष्यका साथ युवा वर्गको नेतृत्व समालेको उनले भने ।