विपन्न बालबालिकालाई सहयोग

जुम्ला ः चन्दननाथ नगरपालिका – ३ शान्तिनगर स्थित माया सदनको छात्राबासमा बस्ने २० जना विपन्न बालबालिकालाई छिमेक लद्युबृत्त वित्तिय संस्था लिमिटेड जुम्ला शाखाले सहयोग गरेको छ । संस्थाको १९ औँ बार्षिक उत्सवमा विपन्न बालबालिकालाई फलफुल र न्यानो टोपी उपलव्ध गराएको सहयोग गरेको हो ।

शाखा प्रवन्धक राजकुमार दास वनियाका अनुसार बृत्तिय संस्थाको सामाजिक दायित्व अन्र्तगत संस्थाको बार्षिक उत्सवमा विपन्न बालबालिकालाई बुधबार सहयोग गरिएको हो ।
उक्त संस्थाको देशभर १ सय ३६ शाखा र ६५ उपशाखा रहेको शाखा प्रवन्धक बनियाले बताए । देशभरका शाखा र उपशाखाले आफ्नो बार्षिक उत्सवको अवसरमा यस्तै सामाजिक काम गरेको जनाएको छ ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस