प्रतिनिधिसभाको बैठक तेस्रो पटक स्थगित

काठमान्डौ । प्रतिनिधिसभाको बैठक आइतबार पनि स्थगित भएको छ । यस अघि ११ र १६ पुसमा डाकिएको बैठक पनि स्थगित भएको थियो । रिक्त सभामुख पद चयनका लागि डाकिएको लगातार तीन वटा बैठक अवरुद्ध भएको हो ।

सत्तारुढ नेकपामा सभामुख चयन गर्ने विषयमा सहमती नजुटेका कारण बैठक लगातार स्थगित हुँदै आएको छ ।

संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले सूचना प्रकाशित गरि अर्को बैठक ६ माघमा हुने जनाएका छन् । बैठक बिशेष कारणवस स्थगित गरिएको सूचनामा उल्लेख छ ।

उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन लगाएर सभामुख चयनको मार्ग प्रसस्त गर्ने तयारीमा नेकपा थियो । नेकपा सचिवालयले तुम्बाहाम्फेलाई राजीनामा दिन निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २०७६ पुष २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस