छुईप्रथा उन्मुलनमा पातारासी गाउँपालिकाको एक्यबद्धता

जुम्ला ः गएको पुस १७ गतेदेखि जुम्लामा छुई प्रथा उन्मुलनको महाअभियान चलिरहेको छ । जस अन्तरर्गत यहाँका आठै स्थानीयतहमा सद्भावना दुत नियुक्त देखि चेतना मुलक कार्यक्रम भईरहेका छन् । जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको आयोजनामा अन्य जिल्लामा भन्दा पृथक ढंगबाट छुईप्रथा उन्मुलनको सन्देश दिने लक्ष्यका साथ काम भईरहेको छ । जस अन्तरर्गत शुक्रबार पातारासी गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको छ ।
पातारासी गाउँपालिका ५ का वडाध्यक्ष दिल बहादुर बुढाको संयोजकत्वमा सात सदस्यीय पालिकास्तरी छाउपडी उन्मुलन समिति तथा सदभावना दुत नियुक्त गरिएको छ । जसमा दुतका रुपमा नेपालपत्रकार महासंघका केन्द्रिय सदस्य पुर्ण प्रसाद चौलागाईलाई पनि नियुक्त गरिएको हो । भने अन्य धामी झाँक्री, दलित महिला, पुरोहित,लगायत सात जना दुत नियुक्त भएका छन् । कार्यक्रममा बोल्ने महिला तथा धामीले छुईप्रथाका नाममा गोठमा बसाल्ने, दुख दिने प्रबृती सबै गलत भएको, अहिलेको महाअभियानमा एकेबद्धता जनाउदै न्युनिकरणमा लाग्ने प्रतिबद्धता गरे ।
अहिले कोहि पनि महिला महिनावारी हुँदा गोठमा नबस्ने गरेको स्थानीय महिला मायादेवि बोहोराले बताईन् । भने पातारी गाउँपालिकाका अध्यक्ष लछिमन बोहोराले सरकारले अभियान चलाउनु भन्दा पहिला पातारासी गाउँपालिकाले छुईप्रथा उन्मुलनको अभियान थालेको बताए । महाअभियानले सबैको सोचाई परिवर्तनमा टेवा पुराउने भन्दै पालिकाले आबश्यक सहयोग गर्ने प्रतिबद्धता गरे । भने, प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले आफ्नो कार्यकालमा जूम्लामा छाउपडी प्रथा अन्त्य गरेरै छाड्ने दाबी गरिन् । यता, डिएसपी लाल बहादुर धामीले समयको विकास संगै मानिसको संस्कार, चालचलन पनि विकास हुनुपर्नेमा जोड दिए ।
महिनावारी भएकै निउमा महिलालाई गोठमा बसाल्ने जोकसैलाई कानुनी कठघरामा उभ्याउने चेतावनी दिए । आज नियुक्त भएका दुतहरुले पालिकास्तरमा छाउपडी प्रथाका बारेमा चेतना विस्तार गर्ने छन् । भने हालसम्म अभियान अन्तरगर्त, तातोपानी, हिमा, गुठिचौर तिला गाउँपालिका र चन्दननाथ नगरपालिकामा कार्यक्रम सकिसकेका छन् । सिंजा र कनकासुन्दरी मात्रै बाँकी छन् ।
सवै स्थानीय तहमा जनचेतना मुलक अभियान सञ्चालन पश्चित फागुन ९ गते शिवरात्रीको दिन समाजमा भएका कुरिति अन्त्यका लागि महायज्ञ गरिने भएको छ ।

प्रकाशित मिति : २०७६ माघ २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस