
हस्त बुढा,
जुम्लामा राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यहाँका आठै स्थानीयतहका प्रमुख, नागरिक समाज,प्रहरी प्रशासनको सहभागितामा अन्तरक्रिया गरिएको हो । देशका १५ जिल्ला सहित जुम्लामा पनि राष्ट्यि परिचय पत्रका लागि विवरण संकलन तथा वितरण कार्यलाई अघि बढाउने तयारी स्वरुप आबश्यक व्यवस्थापनका बारेमा अन्तरक्रिया कार्यक्रमको आयोजना भएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन् ।
१८ वर्षदेखि माथिका हरेक नागरिकलाई राष्ट्यि परिचय पत्रको पहुँचमा ल्याउन सरकारले तिव्र गतीका साथ परिचय पत्र वितरणलाई अघि बढाइरहेको राष्ट्यि परिचय विभागका सुमित्रा पोखरेलले बताइन् । उनका अनुसार एक दिनमा एक क्याम्पबाट दुई जनाको दरले ४० जनाको परिचयपत्र बनाउने तयारी रहेको छ ।
परिचयपत्रमा व्यक्तिको तिन पुस्ते विवरण सहित सहज तथा स्मार्ट कार्डका रुपमा यसलाई प्रयोग गर्न सकिने छ । प्रशिक्षक पोखरेलले थपिन अन्य जिल्लामा ५० प्रतिशत काम सकिसकेको छ । जुम्लामा भने पुस महिनामै परिचयपत्र वितरण भईसक्नु पर्ने भएपनि चिसो मैसामका कारण काम अघि बढ्न नसक्दा परिचय पत्र वितरण पछि धकेलिएको हो ।
जुम्लामा अत्याधिक चिसो हुने भएकोले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग सिंहदरवार काठमाडौंले तोकेको समय अनुसार काम हुन नसकेको हो । तर चैत र बैशाख महिना भित्र .परिचयपत्र वितरणको काम पुरा गर्ने योजनता बनाएर अघि बढ्ने प्रमुख जिल्ला अधिकारी दुर्गा वञ्जाडेले बताइन् । उनले भनिन, अरु जिल्ला जस्तै विवरण संकलन तथा वितरण गर्न सहज नभएकाले सबै पालिकाले आबश्यक सहयोग गर्न आग्रह गरिन् ।
भौगोलिक विकटता र छरिएर रहेका बस्तीका कारण तोकिएको समयमा काम गर्न ग्राहो हुने अबस्था छ । परिचय पत्र वितरण कार्यलाई प्रभावकारी तथा व्यवस्थित बनाउन सबै स्थानीयतहले आबश्यक सहयोग गर्नुपर्नेमा जिसस उपप्रमुख कार्मा बुढाले जोड दिए ।