देवि सिमखाडा, जुम्ला ः सिद्धिविनायक सामुदायिक वनउपभोक्ता समितिको १५ औ साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिवार निवर्तमान अध्यक्ष सुआ खत्रीको अध्यक्षतामा सम्पन्न साधारण सभाले रामजी प्रसाद अधिकारी खत्रीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा कृष्णा मल्ल, सचिवमा देविप्रसाद सिम्खाडा, कोषाध्यक्षमा रिता चौलागाई चयन भएका छन् । यसैगरी सदस्यहरुमा अप्सरा पण्डित, सत्य लक्ष्मी भाम, स्यानुमाया खत्री, सम्झना देवकोटा, राजु चौलागाई रहेका छन् । नवनिर्वाचित अध्यक्ष खत्रीले सामुदायिक वनलाई अव सम्पतिको रुपमा अगाडि बढाउन सवैको सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रम प्रमुख अतिथि वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष गोकर्ण चौलागाई तथा चन्दननाथ सड डिभिजन कार्यालय जुम्लाका रेञ्जर यमराज कार्कीको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैगरी साधारण सभाले आर्थिक बर्ष २०७५÷०७६ को आर्थिक प्रतिवेदन तथा प्रति प्रतिवेदन पास गरेको छ । महासंघको बार्षिक आय भने एक लाख ८६ हजार भएको साधारण सभामा जानकारी गरिएको छ । यसैगरी वन क्षेत्रमा योगदान पुरयाएवापत संस्थापक अध्यक्ष जगदिश चौलागाई, पूर्व अध्यक्ष सत्यलक्ष्मी भाम र अतिथि लगायत १५ जनालाई सम्मान गरिएको थियो । साधारण सभाको संचालन टंक प्रसाद उपाध्यायले गरेका थियो भने स्वागत नवराज देवकोटा तथा सल्लाह सूझाव समाजसेवी सर्पानन्द हमालले गरेका थिए ।
सिद्धिविनायक सामुदायिक वनको नयाँ कार्यसमिति चयन
प्रकाशित मिति : २०७६ चैत्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस