जुम्ला : जुम्लाको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावललाई स्थानीय एक जना व्यक्तिले मंगलबार दिउसो लाठी प्रहार गरी दुव्र्यवहार गरेका छन् ।
अध्यक्ष रावललाई स्थानीय सिञ्जा गाउँपालिकाका – २ रनुखाना गाउँका ६० वर्षीय देविकृष्ण शर्माले गाउँपालिकाको आगनमा लाठी प्रहार गरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक राजेन्द्र चन्द्धका अनुसार अध्यक्षले फोन गरिरहेको समयमा लाठीले पेट र खुट्टामा २÷४ पटक हानेको भन्ने बुझिन आएको छ । उनका अनुसार अध्यक्षको अवस्था सामान्य भएको र अध्यक्ष रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा सामान्य उपचार पछि फर्किएका छन् । अध्यक्ष रावल भने आफु सामान्य उपचार पछि घर फर्किएको जानकारी दिए । उनले आफुलाई एक्कासी लाठीले हानेपछि मैले पनि प्रतिक्रिया गरेको बताए ।
यता लाठीले कुटपिट गर्ने व्यक्तिलाई जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहार बिषयको सार्वजनिक अपराधको मुद्धा अगाडि बढाएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिइन् । प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका शर्माले भने गाउँमा गिट्टी वालुवा संकलन तथा संरक्षण गरिरहेको समितिमा आफु रहेको र हिमा नदीको आफ्नो वडा क्षेत्रमा गिट्टी वालुवा संकलन गरेर रावल सहितको केही टिमले लिईएको आरोप लगाए ।
अध्यक्षले शर्मालाई प्रहरीको सामुन्य कुटपिट गरेको आरोप
हिरासतमा रहेका शर्माले गिट्टी वालुवाको बिषयमा अध्यक्षसँग सोध्न खोज्दा सुनुवाई नभएपछि आफुले एक चोट हानेको स्विकार्यका छन् । तर आफुलाई पछि ईलाका प्रहरी चौकी नराकोट सिञ्जा भित्रै पनि अध्यक्ष रावलले कुटपिट गरेकोे शर्माले गुनासो गरे । उनले भने प्रहरीको सामुन्य कुटपिट हुन थालेपछि प्रहरीले आफुलाई आफ्नो बेडरुममा लुकाउनु पर्ने अवस्था आएको थियो ।
यता अध्यक्ष रावलले भने कसैले अध्यक्षको नाम भनि दिएछ, शर्माले सिधै आएर प्रहार गरेको बताए । उनले आफुलाई प्रहार गरेपछि एक दुई चोट प्रतिकार गरेको बताए । प्रहरी भित्रै कुटपिट भएको भन्ने बिषय आफुलाई जानकारी नभएको प्रहरीले जनाएको छ ।
त्यहाँको हिमा र तिला नदिको गिट्टी वालुवा भने उत्खनन गर्नकै लागि किन समिति बन्यो र कहाँ गईरहेको छ भन्ने बिषयमा चासो बढेको छ । त्यहीबाट शुरुवात भएको बिषय गाउँपालिका अध्यक्ष माथि आएर कुटपिट हुनु अनुसन्धान गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्ने अवस्था देखिएको छ ।
हिमा र तिला गाउँपालिकामा जथाभावी नदिजन्य बस्तुहरु उत्खन भईरहेको छ । जिल्ला समन्वय समितिले अनुगमन गरे पनि नरोकिएकोले समस्याहरु बढ्दै गएको छ ।
हिमा गाउँपालिकाले वातावरणीय प्रभाब मुल्यांकन गरी ८ लाख रुपैया राजश्व संकलन गर्ने गरी ठेक्का लिएर आफ्नो क्षेत्रमा गिट्टी बालुवा उत्खनन गर्ने गरेको छ भने अन्य स्थानीय तहका नदी तथा खोलामा जथाभावी अबैद रुपमा उत्खनन गर्ने काम भईरहेको छ ।
गाउँपालिका अध्यक्ष रावलमाथि दुव्र्यवहार
प्रकाशित मिति : २०७६ चैत्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस