कोरोनाबारे सचेतना जोगाउँदै लिताकोटका यूवा

सागर परियार ,
तातोपानी गाउँपालिका ३ लिताकोटका यूवाहरु कोरोना भाईरसबाट बच्ने बारे गाउँमा सचेतन अभियानमा जुटेका छन् । विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण गाउँमा हुन नदिन घरघरमा साबुन वितरण देखि आबश्यक सचेतना पनि दिने गरेको यूवा मुन बहादुर नेपालीले जानकारी दिए । उनका अनुसार तातोपानी गाउँपालिका ३ लिताकोट गाउँका करिब ३ सय ९३ घरधुरीमा डिटोल साबुन वितरण गरिएको छ ।

स्थानीय मणिकृष्ण उपाध्याय, गोर्कण रावल तिल रावल लगायतको सहयोग समन्वय र यूवा परिमल नेपाली, नन्द रावल लगायत ६ जना यूवाको सक्रियतामा घरघमा साबुन वितरण संगै सचेतना कार्यक्रम गरिएको यूवा मुन बहादुर नेपालीले कर्णालीपोष्ट जानकारी दिए । करिब ९ हजार भन्दा बढीको साबुन खरिद गरिएकोमा ८ हजार जतिको साबुन वितरण गरेका छौ । यूवा मुन बहादुर भने, बाँकी रहेको एक हजार बराबरको स्वास्थ्य सामाग्रीे वडाको क्वारेन्टाईन संचालन हुने बित्तिकै हस्तान्तरण गरिने छ ।

यूवा परिमल नेपालीले भने हामी सबै यूवा मिलेर गाउँमा सरसफाई कार्यक्रम गर्ने देखि स्थानीयलाई सचेत गराउने अभियानमा छौ । मंगलबार देखि सरसफाई गर्ने तयारी भएको छ । कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि सम्पुर्ण वडा बासी संगै जिल्ला बासीले आफ्नो व्यक्तिगत तथा वाताबरणिय सरसफाईमा ध्यान दिन यूवाहरुले सुझाब दिएका छन् । क्

प्रकाशित मिति : २०७६ चैत्र १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस