६५ वर्षिय धनबहादुरले शल्यक्रियाबारे जानकारी दिदै डाक्टर निलम कुमार खड्का ।
सागर परियार ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक मस्तिष्कघात (टाउको नसा फुटेर धेरै रगत जमेको) सफल शल्यक्रिया सम्पन्न भएको छ ।
हिमा गाउँपालिका– १ आचार्यलिहीका ६५ वर्षीय धनबहादुर रावतको मस्तिष्कघातको सफल शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका न्युरोसर्जरी विशेषज्ञ डा.नीलमकुमार खड्कासहितको चार जना चिकित्सकको टोलीले रावतको मस्तिष्कघातको सफल शल्यक्रिया गर्नुभएको हो ।
मृत्युसँग लडिरहेका रावतलाई कर्णाली प्रतिष्ठानको पूर्वाधार तथा डा.निलम कुमार खड्कको विशषज्ञताले नयाँ जीवन दिएको छ ।
रावतलार्ई ७ चैतमा अचेत अवस्थामा अस्पतालमा ल्याइएको थियो । डेढ महिनादेखि जुम्ला अस्पतालमा कार्यरत डा.खड्काले भन्नुभयोे, ‘बिरामीको अवस्था अध्ययन गर्ने क्रममा फोक्सोले सामान्य मानिसको जस्तो काम गरेको थिएन । उहाँको दायाँ मस्तिष्कमा रक्तनली फुटेर भित्री र बाहिरी सतहमा रगत जमेको थियो ।
उहाँको उपचारको अन्तिम विकल्प भनेकै मस्तिष्कको शल्यक्रिया गर्नु थियो । तर उहाँ अचेत भएकोले पछि होस आउने वा नआउने चिन्तामा चिकित्सकहरु हुनुहुन्थ्यो । तर प्रतिष्ठानमा भएको पूर्वाधारका कारण पश्चिम नेपालकै इतिहासमा पहिलो पटक जम्लामा रावतको े मस्तिष्कघातको माइक्रोस्कोपको सहायताबाट सफल शल्यक्रिया भएको हो ।
बाँया हात खुटा् नचल्ने, बोली समेत बन्द भएर मृत्यु र मरणको दोसाँधमा उपचारका लागि प्रतिष्ठान ल्याएका थियौँे । धनबहादुरका छोरा भिम बहादुर रावतले भन्नुभयो, यति जटिल खालको शल्यक्रिया गरी चकित्सकहरुले बुबालाई नयाँ जीवन दिनुभयो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा न्युरोसर्जरी (नशा रोग शल्यक्रिया) सेवा सुरु भएको डेढ महिना भएको र अहिलेसम्म तीनजनाको सफल शल्यक्रिया भएको अस्पतालका निर्देशक डा.मंगल रावलले बताउनुभयो ।