जुम्ला ः विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम नियन्त्रण कार्य व्यवस्थित गर्ने, आवतजावत तथा अत्यावश्यक सेवा संचालन कार्यलाई व्यवस्थित गर्न अकडाउन अवधिभर जिल्ला प्रशासन कार्यालय जुम्लाले अनलाइन सवारी सञ्चालन अनुमति पत्र (पास) उपलव्ध गराउने भएको छ ।
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार लकडाउन अवधिभर उपलव्ध गराउने सवारी साधन परिचलान अनुमति पत्र (पास) वितरणको कार्यलाई सरल, सहज र सुव्यवस्थित बनाई कार्यसम्पादनमा चुस्तता र प्रभाबकारिता ल्याउन अनलाइनको व्यवस्था गरिएको हो ।
उनले भनिन् सामाजिक, व्यक्तिगत दुरी कायम गर्न निशुल्क रुपमा सञ्चालनमा ल्याएको इ–पास, भउबकक।mयजब।नयख।लउ वेभसाइट मार्फत अनलाइन सवारी पास उपलव्ध गराउने व्यवस्था गरिएको हो ।
नेपाल सरकार (सचिवस्तर) को ३० चैत ०७६ निर्णय कार्यन्वयनका लागि गृह मन्त्रालय(आन्तरिक सवारी तथा सभा समारोह व्यवस्थापन शाखा) को २ बैशाखको पत्र अनुसार जुम्लामा अनलाइन सवारी पास कार्यन्वयनमा ल्याएको जिल्ला प्रशासन कार्यालले जनाएको छ । इ–पास प्राप्त गर्नका लागि भ(उबकक।mयजब।नयख।लउ वेभसाइड मार्फत निवेदन गर्ने व्यवस्था रहेको जनाएको छ ।
यसअघि १९ चैतमा प्रशासनले लकडाउनका वेला सवारीसाधन चलाउन दिँदै आएको अनुमति अर्थात् पास दिन बन्द गरेको थियो । लकडाउन पूर्ण रूपमा कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालयले नयाँ पास दिन बन्द गरेको थियो ।
जुम्लामा अनलाइनमार्फत सवारी सञ्चालन अनुमति पत्र
प्रकाशित मिति : २०७७ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस