जुम्ला : जिल्ला प्रहरी कार्यालयको हिरासतमा हरेका थुनुवा र बाहिर डियूटिमा जाने प्रहरीको ¥यापिट डाइगोनोस्टिक टेष्ट गरिएको छ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको मेडिकल टोलीले ¥यापिड डाइगोनोस्टिक टेष्ट गरेको हो ।
प्रहरीको हिरासतमा रहेका तीन जनाको थुनुवा र चार जना सिविल पोशाकमा बाहिर डियूटिमा जाने प्रहरीको ¥यापिड टेष्ट गर्दा सवै जनाको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य प्रमुख कृष्ण प्रसाद सापकोटाले बताए । उनले भने त्यसैगरी क्वारेन्टाइनमा बसेका हिमा गाउँपालिका दुई जना र तिला गाउँपालिका दुई जना स्वास्थ्यकर्मीको पनि ¥यापिड टेष्ट गरिएको थियो । उनीहरुको पनि रिपोर्ट नेगेटिभ आएको उनले बताए ।
प्रहरी नायव उपरीक्षक लालबहादुर धामीका अनुसार बाहिर डियूटिमा जाने प्रहरीको अवस्था के छ भनेर ¥यापिड डाइगोनोस्टिक टेष्ट गरिएको हो । उनले भने सवै जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । अहिले सवै प्रहरी सुरक्षित नै छौँ उनले भने अहिले कोरोना भाइरससँग लडाइको अग्रपंतीमा स्वास्थ्यकर्मी र प्रहरी नै छन् । उनीहरुको बेला बेलामा कोरोना परीक्षण गर्न आवश्यक भएकाले ¥यापिड नाइगोनोस्टिक टेष्ट गरिएको हो ।
यसअघि रारालिहि प्रहरी चौकीका सई पनि ¥यापिड डाइगोनोस्टिक टेष्ट गरिएको थियो । उनको पनि रिपोर्ट नेगेटिभ नै आएको जनस्वास्थ्य प्रमुख सापकोटाले बताए ।
कनकासुन्दरी गाउँपालिकाको पाण्डबगुफामा १४ जना र गुठीचौर गाउँपालिकामा १८ जनाको ¥यापिड डाइगोनोस्टिक टेष्टमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।
थुनुवा र प्रहरीको ¥यापिड टेष्ट, सवै जनाको रिपोर्ट नेगेटिभ
प्रकाशित मिति : २०७७ बैशाख ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस