यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ ।
मंगलबार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो ।
तर प्रधानमन्त्री केपी शर्मा त्यसमा सहमत नदेखिएको समितिका एक सदस्यले अनलाइनखबरलाई बताए । उनले अहिले नै क्षेत्र छुट्याएर जान सकिन्छ र भन्ने प्रश्न गरेका थिए ।
‘त्यसमा उहाँको दुईवटा तर्क थियो’ एक मन्त्रीले भने, ‘एउटा भारतमा संक्रमणको अवस्था जोखिमपूर्ण देखिएको छ । त्यसको असर नेपालमा पनि पर्छ नै । अर्को, हाम्रो टेस्ट पनि पुगेको छैन ।’
(अनलाईन खबरबाट)