समचार प्रभावःविपन्न फाँचुलाई राहत लिएर घरमै पुगे अध्यक्ष

सागर परियार जुम्ला ।


लकडाउनका कारण रोजीरोटी खोसिएकी तातोपानी गाउँपालिका ५ की फाँचु दमाईलाई राहत उपलब्ध गराइएको छ । तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने, ६ नम्बर वडाध्यक्ष विशाल खड्कका सहित पालिकाको टोली फाँचु दमाईको घरमै पुगेर राहत उपलब्त्र गराएका छन् ।

मे १ अर्थात अन्तराष्ट्यि मजदुर दिवशका दिनमा लामो लकडाउनका कारण फाँचु दमाईको रोजगारी खोसियो भन्ने समचार, कारोबार दैनिक, निर्माण संचार र कर्णाली पोष्ट दैनिकमा प्रकाशीत भएपछि विपन्न फाँचुको गरिबीलाई मध्यनजर गर्दै पालिमै पहिलो राहत उनलाई हस्तान्तरण गरिएको हो ।

तीन नातिनी र एक आफु गरी चार जनालाई केहि समय पुग्ने गरी एक बोरा ३० किलो चामल,नुन तेल हस्तान्तरण गरिएको छ । गिट्ी कुटेरै दिन गुजारा गरिरहेकी उनलाई जारी लकडानले विहान बेलुकाको छाकनै खोसियो । २५ वर्ष पहिले श्रीमान, ३ वर्ष पहिले छोराको मृत्युपछि बुहारी समेत छोडेर एक्लीएकी उनको साहारा कोहि पनि छैनन् ।

६५ वर्षको उमेरमा ज्याला मजदुरी गर्ने, गिट्ी कुटेर नातिनी र आफ्नो गुजारा चलाएकी फाँचु कोरोना त आफुजस्ता दिनदुखी गरिबकै लागि मात्र आएको होकी भन्दै हरेक दिन लामो सास लिदै सोच्थीन् । तर समचार प्रकाशीत पछि पालिकाले राहत दिँदा उनि निकै खुसी भएकी छन् ।
उनले भनिन,“गाउँपालिका अध्यक्ष को हुन भन्ने थाहा थिएन् ।

नचिनेको मान्छे सरासर घरको दैलोमै राहत बोकेर आउँदा भगवानकै दर्शन पाए जस्तो महसुश भएको छ ।” गाउँपालिका अध्यक्ष रहेछन्, म जस्तो गरिब विपन्न पहिलो पटक चामल नुन तेल दिए, स्थानीय सरकार प्रति खुसी हुदै राहत बुझिन् । उनले थपिन, छाक टार्न मात्र समस्या हैन्, भत्कीनै लागेको घरले निद्रा पनि नलाग्ने दुखेसो सुनाईन् ।

तातोपानीका अध्यक्ष नवराज न्यौपानेले राहत वितरण संगै फाँचु दमाईको घर समेत अवलोकन गरेका छन् । उनले भने,“हामीले खोजेको राहत दिने मान्छे यस्तै हुन, यस्तै विपन्न व्यक्तिको खोजीमा पनि थियौ, समचार आईसकेपछि पालिकाकै पहिलो व्यक्तिका रुपमा राहत दिइएको छ ।” लकडाउन पछि वजनता आवासका घर निर्मामाका लागि आबश्यक पहल गर्ने समेत बताएका छन् ।

हालका लागि यतिनै भएको र आबश्यकता मध्यनजर गर्दै पुन पनि राहत दिईने तातोपानीका लेखा अधिकृत मिलन बुढ्थापाले बताए । बुढ्थापाका अनुसार छिटै राहत बाड्नु भन्दा बास्तविक पिडित खोजी गरि दिने पालिकाको लक्ष्य छ । संचार माध्यमले बास्तविक पिडितलाई बाहिर ल्याएर सहयोग गरिदिन समेत अपिल गरे ।

उपचार गर्न कुवँरलाई १३ हजार सहयोग
रक्तअल्पता बाट पिडित तातोपानी गाउँपालिका ७ की अन्दाजी ४२ वर्षिय हरिशोभा कुवँर उपचारका लागि आर्थिक सहयोग गरिएको छ । पालिकाकै गाडी पठाएर सर्मीबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याई उपचारका लागि १३ हजार आथिएक सहयोग गरिएको अध्यक्ष नवराज न्यौपाने जानकारी दिए ।

पारिवारिक अबस्था निकै कमजोर भएका कारण पालिकाबाट सक्ने सहयोग गरिएको हो । आज अस्पतालमा उनलाई (ए) पोजेटिभ रगत आबश्यक पर्दा नेपाली सेनाले ४ प्वाईन्ट रगत दिएको ६ न्म्बरवडाध्यक्ष विशाल खड्काले बताए ।

प्रकाशित मिति : २०७७ बैशाख ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस