
जुम्ला ः जुम्लाको सदरमुकाम खलङ्गा बजारको फोहोर लामो समयदेखि नउठेपछि यहाँका युवाले फोहोर संकलन गरेर चन्दननाथ नगरपालिकाको परिसरमा फालेका छन् । नगरपालिकाका यूवाहरुले फोहर राख्ने स्थान कतै नभएको र अहिले सम्म टुंगो नलगाएको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराउन फोहोर नगर परिसरभित्र फालेका हुन् । यस अघि पनि उनिहरुले कार्यालयको गेटमा फोहर फालेका थिए ।
युवा हरिश रोकायाले भने लामो समयदेखि बजारको फोहोर नउठाएर दुर्गधिन फैलिन थालेपछि स्थानीय सरकार र प्रशासनको परिसरमा फोहोर फालिएको बताए । उनले भने सरोकारवाला निकायको ध्यानाकर्षण गराउनका लागि यस्तो गरिएको हो ।
सदरकुकाममा व्यवस्थापन गर्ने स्थान नहुदा अहिले फोहर थुप्रिरहेको र यसको व्यवस्थापन हुन सकेको छैन् । चन्दननाथ नगरपालिकाले भने नगरपालिकाकै दुनादुनी भन्ने स्थानमा दिर्घकालिन डम्पिङ साईड निर्माण भईरहेको भन्दै आएको छ ।
यता दैनिक उत्पादन हुने फोहोर कता राख्ने भन्ने टुंगो नलागेका कारण बजार क्षेत्रमा पनि थुप्रो उत्तिकै देखिन्छ । डम्पिङ साईड नहुदा पटक पटक सफा गरिने जुगाँड खोला पनि भरिदै गएको छ ।
यूवाहरुले फोहर उठाउने व्यवस्थापन नहुदा प्रशासन अगाडि समेत सफा गरिएको फोहर फाल्ने प्रयास गरेका थिए तर नगरपालिका कार्यालय भित्र फालेका हुन् ।
यूवाहरुले फोहर फालि दिएपछि नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी जम्मा भएर छलफल गरिरहेका थिए । यूवाहरुले कार्यालय परिसर भित्र फालिदिएको फोहर भने नगरपालिकाले उठाएको छ । तर कहाँ जम्मा गर्ने भन्ने बिषयमा आफै अन्यौल छ ।
यता नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सोभाकर रेग्मीका अनुसार सो बिषयमा आफु भर्खरै आएको हुदा बुझ्दै गरेको र तत्कालिन फोहर फाल्ने स्थान नपाएर समस्या भएको बताए ।
अव तत्कालिन र दिर्घकालिन डम्पिङ साईडको व्यवस्था नहुने हो भने सुन्दर जुम्ला दिन प्रतिदिन कुरुप र दुर्घन्धित हुदै जाने छ । यसका लागि स्थानीय सरकार, राजनैतिकदलहरु सहित सरोकारवालाहरुले तत्काल सामाधानको बाटो खोज्न आवश्यक रहेको स्थानीयको भनाइ छ ।