जुम्ला ः फोहोर व्यवस्थावन गर्ने स्थान नभएका कारण निकै समस्या भइरहेको अवस्थामा जुम्ला सदरमुकाम खलङ्गा बजारको फोहोर तत्कालका लागि अल्पकालिन रुपमा खालगाड राख्ने निर्णय भएको छ ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा सरोकारवालाहरुको वैठकले तत्कालका लागि चन्दननाथ नगरपालिकाको – ४ को खालगाडमा अस्थायी फोहोर व्यवस्थापन क्षेत्र गर्ने निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयमा उद्योग बाणिज्य संघ, चन्दननाथ नगरपालिका – ४ र ५ वडापालिका, डिभिजन वन कार्यालय, सुरक्षा निकाय, गैसस महासंघ, पत्रकार महासंघ सहित सरोकारवालाहरुको आकस्मिक वैठकले शनिवार देखि चन्दननाथ नगरपालिका – ४ स्थित खालगाडलाई फोहोर व्यवस्थापन क्षेत्र घोषणा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयमा गरिएको निर्णयअनुसार बजार क्षेत्रको फोहोर मैला तत्कालका लागि उक्त स्थानमा व्यवस्थापन गर्नका लागि घेरवारका लागि चन्दननाथ नगरपालिका मार्फत डिभिजन वन कार्यालयलाई अनुरोध गर्ने भएको छ ।
यसैगरी चन्दननाथ नगरपालिकाको फोहोरमैला व्यवस्थापन गर्न मुख्य मुख्य स्थानहरुमा “फोहर मलाई” संकेतसहितको डस्बिन समेत राख्ने भएको छ । नगरपालिकाको फोहोर मैलाको व्यवस्थापनका लागि आउदो शनिवार वडा नम्बर ५ र ७ को कालेखोली, कृष्ण मन्दिर जिल्ला प्रहरी कार्यालय, जुगाडखोला देखि बिजयनगर सफाई कार्यक्रम गर्ने र जम्मा भएको फोहोर चन्दननाथ नगरपालिकाले व्यवस्थापन गर्ने निर्णय गरिएको छ । फोहोर व्यवस्थापन सरसफाई कार्यक्रममा सुरक्षा निकाय, स्थानीय नागरिक सहित सरोकारवाला निकायको सहयोगमा फोहोर उठाउने निर्णय गरिएको छ ।
फोहोरमैला व्यवस्थापन बिषयमो प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले यो निर्णयले तत्काललाई समस्या सामाधान हुने र दिर्घकालिन डम्पिङ साईडको लागि सवैको सहयोगमा अगाडि बढ्नुपर्ने बताए । दीर्घकालिन फोहोर व्यवस्थापनका लागि चन्दननाथ नगरपालिका – ३ भण्डारी वाडाको दुनादुनैमा सडक पु¥याउने काम भइरहेको जनाएको छ ।
यसैगरी लामो समयसम्म फोहोर फाल्ने स्थान नभएका कारण बजार दुर्घन्धि हुदै गएपछि जुम्ली यूवाहरुले फोहोर लिएर बुधबार विहान नगरपालिका र प्रशासनको परिसरमा थुपारेका थिए ।
https://karnalimission.comarchives/7239