निषेधाज्ञा पालनामा कडाई गर्दै प्रहरी प्रशासन

सागर परियार ।
जुम्ला सदरमुकाम खलंगा बजारमा जिल्ला प्रशासन र प्रहरीले कोरोनाबाट सजग गराउन टोलटोलमा माईकिङ गरेको छ । सतेचना संगै निषेधाज्ञा पालनामा प्रहरी प्रशासनले निकै कडाई गरेको छ । भदौ १ गतेबाट जुम्लामा निषेधाज्ञा जारी गरेसंगै संक्रमणबाट बच्न, अत्याआबश्यक काम बाहेक बाहिर ननिष्कन नागरिकलाई माईकिङ मार्फत सचेत गराइएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । उनका अनुसार “जुम्ला बजारको कालेखोली, वियनगर, अस्पताल रोड र एयरर्पोट, बसपार्क लगायतका सबै टोलमा प्रहरी, शसस्त्र प्रहरी, डिएपसी सहितको टोलीले माईकिङ मार्फत सचेत गराइएको छ ।”

जिल्लामा निषेधाज्ञा जारी भएपनि तीज विशेष कार्यक्रमहरु भईरहेको, सावधानिक नअपनाएर मालसामान किनबेच गर्ने, हिडडुल गर्ने क्रम बढेपछि पहिलो चरण अन्तरर्गत टोलटोलमा सचेतना अभियान शुरु गरिएको प्रजिअ थापाले जानकारी दिए । चोक चोकमा माईकिङ गरेर अत्याआबश्यक काम बाहेक बाहिर ननिस्कीन अनुरोध गरेका छौ ।

डिएसपी लाल बहादुर धामीले भने,“ निर्देशनको अटेरी गरेको खण्डमा संक्रमण रोग ऐन २०२० को २ (२) तथा स्थानीय प्रशासन ऐन २०२८ दफा ६ (३) बमोजिम कारबाहि गरिने छ ।” दोस्रो चरणका अभियानमा निषेधाज्ञाको पालना नगर्ने जोसुकैलाई सिधै कारबाहि गरिने समेत उहाँको चेतावनी छ ।

नागरिकले पछिल्लो समय कोरोना संक्रमणलाई सामान्य रुपमा लिएको र निर्णय निर्देशनलाई पालना नगरेका कारण संक्रमण फैलिने खतरा बढेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । जुम्लाका आठै स्थानीय तहबाट जिल्ला जनस्वास्थ्य कार्यालयको टोली पुगेर स्वाब संकलन गरी पिसिआर परिक्षणको तयारी भईरहेको प्रतिष्ठानका डाक्टर धिरज गुरुङले बताउनु भयो ।

उनका अनुसार संक्रमणको शंका लागेका १० जना पत्रकारहरुको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि दिइएको नेपाल पत्रकार महासंघका उपाध्याक्ष नेत्र शाहिले जानकारी दिए । यसभन्दा अघि कोरोना संक्रमण भएका व्यक्ति संग केहि पत्रकार कन्टयाक ट्रेसिनमा परेकाले पिसिआर जाँच गर्न लागिएको हो । सचेतना अभियानमा स्वयम सिडिओनै सहभागी भएर सचेतना फैलाएका छन् ।

माक्स नलगाउनबाट २५ हजार जरिवाना संकलन
भदौ १ गतेबाट जुम्लामा जारी निषेधाज्ञाकै बीच निषेधाज्ञाको पालना नगर्ने १९ वटा सवारी कारबाहिमा परेको डिएसपी धामीले जानकारी दिए । । त्यसमा १४ मोटर साईकल र बाकी ट्याक्टर, अटोरिक्सा रहेका छन् । अघिल्लो पटक गरिएको लकडाउन भन्दा पनि आजभोली निकै कडाई भएपछि आवतजावत पुर्ण रुपमा बन्द भएको छ ।

साथै कोरोना संक्रमण रोकथामका लागि जुम्लामा जारी निषेधाज्ञाको पालना नगर्ने २ सय ५३ नागरिकबाट जरिवाना स्वरुप २५ हजार बढी रकम संकलन भएको छ ।
जुम्ला सदरमुकामका विभिन्न स्थानमा खटिएका सुरक्षाकर्मिले निषेधाज्ञाको पालना नगर्ने, मास्क प्रयोग नगर्ने, सामाजिक दुरी कायम नगर्ने २ सय ५३ जना नागरिकबाट २५ हजार ३ सय जरिवाना संकलन भएको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ भाद्र ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस