तनाब कम गर्न आइसोलेनमा पुस्तक


जुम्ला  : जुम्लाका युवाहरुले आइसोलेसनमा पुस्तकालय बनाउने अभियान थालेका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वयमा जागौँ कर्णाली नेपाल जुम्लाका युवाहरुले आइसोलेसनमा पुस्तकालय बनाउने अभियान थालेका हुन् ।
सबैले किताब उपलव्ध गराएर सहयोग गरौ, आइसोलेनमा अध्यन गरी कोरोनाको त्रासपुर्ण मानसिकताबाट हटौँ भन्ने मुल नारासहित यहाँका युवाहरुले आइसोलेनमा पुस्तकालय बनाउने अभियान थालनी गरेको धनराज सुनारले बताए ।
उनले भने जुम्लाका आठ वटै स्थानीय तहमा ५०÷५० बेडका आइसोलेसन बनाएका छन् । सवै आइसोलेसनमा पुस्तकालय बनाउने थालेको हो ।
चन्दननाथ नगरपालिका स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रहेको आइसोलेसनमा १५ वटा किताब र ३० वटा होम क्वारेन्टिनमा कसरी बस्ने तरिका वा ध्यान दिनुपर्ने पम्पिलेट उपलव्ध गराएको छ ।
त्यसैगरी निर्माण व्यवसायी संघको भवनमा निर्माण गरिएको आइसोलेसनमा २५ वटा किताब र ५० वटा पम्पिलेटसहित उपलव्ध गराएको युवा सुनारले बताए । विभिन्न लेखकका किताब संकलन गर्ने र संकलित किताब आइसोलेसनमा उपलव्ध गराउनुका साथै संक्रमितले अध्ययन गरी मानसिक तनाब हटाउने उद्देश्य रहेको छ ।
जुम्लामा ६ महिनामा ८ हजार ५०८ जनाको कोरोना पिसिआर परीक्षण गरिएको छ । परीक्षण गरिएको मध्ये २१२ जनालाई कोरोना संक्रमण देखिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । उनले भने ‘संक्रमित मध्ये १२५ जना निको भएर घर फर्किसकेका छन । अहिले ८७ जना सक्रिय संक्रमिण आइसोलेसनमा रहेका छन् ।’

प्रकाशित मिति : २०७७ भाद्र २० गते शनिवार
प्रतिक्रिया दिनुहोस