
जुम्ला ः जुम्लाबाट निर्वाचित संघीय सभाका सांसद रहेका गजेन्द्रबहादुर महतलाई नेकपाले गर्न लागेको मन्त्रीमण्डल पुर्नगठनमा महत मन्त्री किन ? हुन त नयाँ मन्त्रीमण्डल विस्तार गर्न तत्कालिन एमाले र माओवादीभित्रका भागबण्डाबाट हुने गरेको इतिहास हामी माँझ प्रष्ट छ । तत्कालिन नेकपा माओवादी केन्द्रतर्फका नेता महत पार्टीको जिल्लादेखि केन्द्रसम्म राजनीतिक वित्तमा महत्वपूर्ण भूमिका खेलेका नेताभित्र पर्छन् सांसद महत ।
केन्द्रमा रहेर सक्रिय हुने राजनीतिक नेतृत्वको चर्चा र चलखेल त भइरहन्छ । पहिलो पटक सांसद् भएर संघीय सभामा छिरेका महत कर्णालीका जनताले भोकेका समस्यादेखि राज्यले गर्न लागेका ठुला विकासे निमार्णमा कर्णाली सधैं किन पछाडी विषयवस्तुमा केन्द्रीत भई सांसद सभाभित्र चर्को आवाज भएर कर्णालीका जनताको समस्या यो देश सञ्चालन गरेका ठुला नेतासम्म पुर्याउँथे । यी सबै महतको आवाज यहाँका सञ्चारमाध्यममा पनि उनीहरु नै छाउनु अस्वाभाविक होइन ।
सडकदेखि सदनसम्म बोल्दा यो सरकारको कडा आलोचकको छवि बनाएका पात्र हुन सांसद महत । जनयुद्धको विरासतबाट आएका उनी जुम्लाबाट प्रतिनिधि सभामा नेकपाबाट निर्वाचित हुन् । नेकपा सरकारले पटक–पटक गर्न लागेको नयाँ मन्त्रीमण्डलमा कर्णालीबाट राज्यमन्त्रीमा चित्त बुझाउनु बाहेक अरु केही जनमुखी काम नगरेका मन्त्री बने यहाँका नेता ।
केन्द्रीय राजनीतिकमा कर्णालीका नेताको पहुँच नपुग्ने राजनीतिकमा नेतावादी गुलाम नगर्नु, पार्टीको लागी दिर्घकालिन समयसम्म योगदान गरेको नेता हुन सांसद गजेन्द्रबहादुर महत ।
मन्त्रीमण्डल पुर्नगठनमा महत ?
‘नेकपा अध्यक्ष प्रचण्ड खेमाका शक्तिशाली सांसद हुन् सांसद महत । विगतमा विभिन्न चरणमा फुटेको माओवादी धारमा नलागेका नेता महत जनयुद्धदेखि शान्ति प्रक्रियासम्म प्रचण्ड धारभित्रका बौद्धिक र प्रभावशाली नेता मध्ये एक हुन् । नेकपा केन्द्रीय सदस्यदेखि जुम्ला जिल्लाको इञ्चार्ज समेतको नेतृत्वमा रहेका महतलाई नेकपाको सचिवालयले मन्त्रीको नाममा सिफारिस गर्ला ? यो भने हेर्न बाँकी नै रहेको छ ।
कर्णाली प्रदेशबाट मन्त्री बन्ने नेता जनार्दन शर्माको चर्चामा रहेको छ । पटक–पटक मन्त्री बन्ने मध्ये एक नेता हुन शर्मा । ओली सरकारका वनमन्त्रीसमेत रहेका शक्तिबहादुर बस्नेत पनि पटक–पटक मन्त्री बनिसकेका छन् ।
पटक–पटक मन्त्री बनेका शर्मा र बस्नेतले गरेका कामबारे नेपाली जनताले देखिसकेका छन् । नेकपा कर्णालीको नेतृत्व गर्न शर्मा र बस्नेतले मन्त्रीभन्दा पार्टीको नेतृत्व लिई कर्णालीबाट गजेन्द्रबहादुर महतलाई संघीय सरकारको मन्त्रीमण्डल मौकामा दिनु अहिलेको आवश्यकता र जनभावना हो ।
जुम्लाका जनसमुदायका लागि लोकप्रिय नेताको रुपमा महत परिचित छन् । यहाँका हरेक समुदायदेखि तल्लो वर्गसम्म महतको नाम चर्चा हुने गरेको छ । पार्टीे संगठन निर्माणमा महतको योगदान अति महत्वपूर्ण रहेको छ । जनताका लागि सहज भएका नेता महत जुम्लाका बच्चादेखि बृद्धासम्म चिन्ने नाम हो (कार्मा) गजेन्द्रबहादुर महत ।
संघीय सरकारको नयाँ मन्त्रीमण्डलमा साविकको कर्णालीका नेतालाई कुनै मन्त्रालयको जिम्मवारी नदिँदा नेकपाको राजनीतिकमा पानीमा बालुवाको घर निर्माण गरे सहर हुनेछ ।
केन्द्रबाट कर्णालीको सुनौला मार्गचित्र निर्माण गर्न नेकपाका ठुला नेताले अब बन्न नयाँ मन्त्रीमण्डलमा साविकको कर्णालीका पाँच जिल्ला मध्ये जुम्लाबाट संघीय सभाका सांसद महत मात्र मन्त्री बन्ने एक कर्णालीका राजनीतिक हस्ती हुन् । जब सांसद सभाभित्र विभिन्न प्रकारका बहस हुने गरेका छन् । यी बहसमध्ये महत फरक रुपमा प्रस्तुत हुने गरेका छन् ।
महतको बहसभित्र कर्णालीको विकास र यहाँका जनताले भोकेका समस्यादेखि नुनदेखि सुनसम्म हुने कर्णालीको राजनीतिक कहिलेसम्म चल्ने यो आवज महतको नेपाली मिडियादेखि सांसद सभाभित्र सरकारप्रति गतिलो हतियारका रुपमा प्रहार हुने नेता मध्ये महत एक हुन् ।
कर्णालीको विकासका लागि कडारुपमा संसद सभाभित्र प्रस्तुत हुने महत नेपालका चर्चित अनलाइन मिडियादेखि, टेलिभिजन र पत्रपत्रिकासम्म बोलेको विषयवस्तुबारे चर्चा हुने गरेका छन् ।
मन्त्रीमण्डलमा समावेश गर्नु नगर्नु विषय नेकपाको सचिवालयको हो । तर कर्णालीको नाममा केन्द्रमा राजतीनिक गर्नुभन्दा साविकको कर्णालीका नेतालाई मन्त्री बनाउनु नेकपाको सचिवालयको काँधमा आएको छ ।