सागर परियार ।
कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरबाट पाँच वर्षपहिले चोरी भएका मुर्ति मध्य थप दुई बहुमुल्य पुरातात्विक मुर्ति भेटिएका छन् । २०७३ साल मंसिर ११ गते मन्दिरबाट चोरी भएका दर्जनौ बहुमुल्य मुर्ति मध्य सोमबार प्रहरीले विष्णु र भगवती सरस्वतीको मुर्ति भेटाएको हो ।
विशेष सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र जुम्लाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार विहान १०ः १५ बजे चन्दननाथ नगरपालिका १० बोहोरा गाउँ स्थित रहेको शुसिल विष्टको खेतको आलीको सुकेको घाँसको थुप्रोमा दोसल्लामा बेरिएको अबस्थामा भेटिएको डिएसपी माधव काफ्लले बताए ।
उनका अनुसार दुईथान मुर्ति संगै उक्त घटनामा संग्लन तीन जना संकास्पद व्यक्तिलाई समेत पक्राउ गरिएको छ । पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका १० निवासी वर्ष ३२ का शुसिल विष्ट, तातोपानी गाउँपालिका ८ घर भई हाल चन्दननाथ नगरपालिका १० मा बस्ने वर्ष २८ का जयलाल थापा र चन्दनना नगरपालिका १० कै वर्ष २३ का सुदिप रावललाई प्रक्राउ गरिएको छ ।
पाँच वर्ष पहिले चोरी भएका दर्जनौ मुर्ति मध्य हाल सम्म विभिन्न ठाउँमा गरी करिब २० वटा मुर्ति भेटिएको प्ररहीको अनुमान छ । जम्मा कति मुर्ति चोरी भएका हुन, कति भेटिए भन्ने एकिन जानकारी भने पछि गराउने प्रहरीको भनाई छ
साथै आव २०७७÷७८ को हाल सम्म अदालतबाट दोषी ठहर भई फरार रहेका २४ जना अनुसन्धानको क्रममा फरार प्रतिबादी २३ जना गरी ४७ जनालाई पक्राउ गरिएको डिएसपी काफ्लले जानकारी दिनुभयो । पक्राउन परेका ४७ जनाबाट ४३ लाख एक हजार ७ सय नब्बे रुपैया जरिवाना असुली गरिएको छ ।
मुर्ति सार्वजानिकका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले चन्दननाथका बहुमुल्य एतिहासिक मुर्ति चोरीमा संग्लन सबैलाई कानुनी दायरामा ल्याउन प्रहरी हरप्रयास गरिरहेको बताए । विशेष सूचनाका आधारमा संकास्पद तीन व्यक्ति दुई थान मुर्ति भेटाउनु् प्रहरीको ठुलो उपलब्धी भएको समेत उनको भनाई छ ।
साथै प्रजिअ थापाले हिरासतमा रहेका सबैलाई मानव अधिकार हनन हुने खालका कुनैपनि गतिविधि नगर्न सुझाब दिए ।
अब प्रहरीले घटना हुनु पहिले चोरी हुनुपहिले समस्याको समधान हुने खालको अनुसन्धान काम कारबाहि अघि बढाउनु पर्नेमा समेत जोड दिए ।