पत्रकार महासंघ जुम्लाको १७ औँ साधारण सभा सम्पन्न


जुम्ला ः नेपाल पत्रकार महासंघ जुम्लाको १७ औँ साधारण सभा सम्पन्न भएको छ । जुम्लाको सदरमुकाम खलंगामा एक कार्यक्रमका बीच साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा महासंघ शाखा जुम्लाले आर्थिक तथा प्रगति प्रतिबेदन र सांगठानिक प्रतिबेदन प्रस्तुत गरिएको थियो ।
साधारण सभाको सफताको शुभकामना दिदै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा अनुसार राष्ट्रको पत्रकारिता जगत चौथो अंग हो । राष्ट्रको चौथो अंग पत्रकारिता जगतले स्वच्छ निष्पक्ष र सत्य तथ्यमा आधारित समाचार सम्प्रेषणमा जोड दिनुपर्ने उनले बताए । उनले भने पत्रकारिताबाट समाजलाई सुसुचित हुने भएकाले समयमै सत्य तथ्य समाचार प्रशासन गर्न सुझाए ।
नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष बरमबहादुर महतले व्यवसायिक पत्रकारितामा जोड दिदै सत्य तथ्य खबर सम्प्रेषण गर्न सवै पत्रकारलाई सुझाए । उनले भने यहाँका सरोकारवाला निकायले पनि पत्रकारिता क्षेत्रलाई सबल बनाउनका लागि सहयोग र मर्मथन गर्न आग्रह गर्दछौँ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाई, पूर्व अध्यक्ष भिम कसिङ्गरलगायतका व्यक्तित्वहरुले १७ औँ साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७७ पुष १ गते बुधवार
प्रतिक्रिया दिनुहोस