संसद विघटन विरुद्ध नेकपा जुम्लाले प्रदर्शन गर्ने


जुम्ला ः नेपाल कम्यूष्टि पार्टी जुम्लाले संसद विघटन विरुद्ध आज ३ बजे जुम्लाको सदरमुकाम खलंगामा विरोध प्रदर्शन गर्ने भएको छ ।
नेकपा कर्णाली प्रदेश सदस्य पूर्णप्रसाद धितालले सदन विघटनको निर्णयविरुद्ध आज दिउँसो ३ बजे प्रदर्शन गरिने बताए ।
जुम्लाको सदरमुकाम खलंगामा उपलब्ध नेता तथा कार्यकर्ताले सदन विघटनका बारेमा छलफलगर्दै आन्दोलनमा उत्रिने निर्णय गरेको धितालले बताए । देशैभरी आन्दोलनमा उत्रिन सबै नेता, कार्यकर्ता, युवा, नागरिक समाजका अगुवालाई अपील गरिएको उनले जानकारी दिए ।
यस्तै अहिले संसद विघटन विरुद्ध सामाजिक संजाल तातेको छ । सामाजिक सञ्जालमा लेखेको छन्, ’केपी ओलीको अत्यन्तै असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश संसद विघटनको ’ कु’ का विरुद्ध सवै जुट्नुको विकल्प नरेको बताएका छन् ।
यता स्थानीय प्रशासनले भने सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार संसद विघटनको कुरा आएपछि देशभर सुरक्षा चुनौती त हुने नै भयो । उनले भने कुनै अप्रिय घटना घट्न नदिनका लागि सुरक्षा व्यवस्था मजबुद बनाउने छौँ ।

प्रकाशित मिति : २०७७ पुष ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस