
जुम्ला ।
असंबेैधानिक रुपमा संसद विघटन गरेकाे भन्दै जुम्लामा विराेध प्रर्दशन गरिएकाे छ । नेपाल कम्यूष्टि पार्टी (नेकपा) जुम्लाकाे आयाेजनामा प्रधानमन्त्रीले आेलीकाे कदमकाे विरोधमा प्रदर्शन गरिएकाे हाे ।
आइतवार जुम्लाको सदरमुकाम खलंगामा नेकपाका नेता कार्यकर्ताहरुले विराेध प्रर्दशन गरेका हुन् ।
पुर्व माआेवादीकाे कार्यलय करेसाबारी बाट शुरूभएकाे बिराेध जुलुस, विजयनगर, टुडिखेल, प्रशासन हुँदै कृष्णमन्दिरमा पुगेर सभामा परिणत भएकाे थियाे ।
काेणसभामा बाेल्दै नेकपा कर्णाली प्रदेश कमिटी सदस्य नवराज न्याैपानेले आगामि निर्वाचनमा फेरीपनि नेकपा नै पहिलाे पार्टी हुने दाबी गरे । संविधानकाे मर्म विपरित प्रधानमन्त्रीले संसद विघटन गरेकाेले यसकाे विरुद्द अाम नागरिक जुट्नु पर्न बताए ।
त्यस्तै,नेकपा जुम्लाका सचिवालय सदस्य आदि प्रसाद न्याैपानेले पाटीकाे स्थाई कमिटि बैठककाे निर्णय अनुसार थप बिराेधका कार्यक्रम अगाडि बढाउने बताएका छन । उनले संसद विघटन हुनु नेपाली कम्युनिष्ट राजनीतिमा ठुलाे असर पर्ने भन्दै अागामी निर्वाचनमा पनि नेकपानै पहिलाे पाटि हुने दाबि गरे ।