काठमाडौँ ।
द एसिया फाउन्डेसनले दशवटा लोककथाका चित्रपुस्तकलाई एकैपटक अर्चुअल माध्यमबाट लोकार्पण गरेको छ । समुदायमा रहेका लोककथाहरूलाई विभिन्न सर्जकहरूद्वारा सङ्कलन गराएर बालबालिकाका लागि पठन मैत्री हुने गरी चित्रपुस्तकहरू तयार गरी लोकार्पण गरिएको हो । यही फागुन १० गते पुस्तकका सर्जक, सम्पादक, चित्रकार, चित्रसम्पादक, फाउन्डेसनका प्रतिनिधिहरू, पत्रकार, सहजकर्ताहरूको सहभागितामा उक्त कार्यक्रम गरिएको थियो ।
“विश्वव्यापी महामारी कोरोनाका कारण भर्चुअल रूपमै लोककथा संकलन कार्यशाला सम्पन्न भयो । कोरोनाका कारण नै यसरी भर्चुअल रूपमै कार्यक्रम गर्नु हामी सबैको बाध्यता रह्यो । तर, यो नयाँ अनुभव पनि भयो । कार्यशालादेखि डिजिटल पुस्तक प्रकाशनसम्म भर्चुअल रूपमा नै गरियो । यो सफलताले उत्साहित तुल्याएको छ ।” यस कार्यक्रमका संयोजक अनुराधाले सुनाउनुभयो ।
द एसिया फाउन्डेसनको लेट्स रिड ९ीभतक च्भबम० एउटा डिजिटल पुस्तकालय हो । यसमा धेरै भाषा र देशका विभिन्न बालपुस्तकहरू स्वतन्त्र रूपमै पढ्न पाइन्छन् । बालबालिकाले आफ्नै भाषा, आफ्नै परिवेश, विषय र पात्रहरू भएका सिर्जना पायो भने रमाएर पढ्छन् । यसले गर्दा उनीहरूमा पढाइप्रतिको चासो बढ्छ भन्ने मान्यताअनुसार बालबालिकामाझ पठन संस्कार र संस्कृतिको विकास गर्न, पठनप्रतिको माया जगाउन ीभतक च्भबम ले यस्ता विविध कार्यहरू गर्दै आइरहेको छ ।
लोकार्पित दश लोककथाका बालपुस्तक पनि एकै पटक विश्वभरका पाठकहरूले धधध।भितकचभबमबकष्ब।यचन मा पढ्न र हेर्न सक्छन् । “नेपाल बहुभाषी, बहुधार्मिक, बहुसंस्कृति, बहुजाति र रहनसहनले धनी देश हो । यहाँ विभिन्न भाषाका आफ्नै कथा छन्, संस्कृति, जातजाति अनि रहनसहनका आआफ्नै कथा छन् । पातदेखि फूलसम्म अनि नदीदेखि आकाशसम्म, हिमालदेखि तराईसम्म अनि आँगनदेखि वनसम्म, किंवदन्ती, दन्त्य, पौराणिक, ऐतिहासिक, सांस्कृतिकलगायतका विभिन्न लोककथाहरूले सुसज्जित छन्, यसमा हामी गौरव गर्दछौँ । यी विषयहरूलाई गम्भीर भएर सोच्दा हामीलाई कताकता केही अपुग भएको जस्तो भान भयो । समुदायमा विविध अनि अब्बल दन्त्यकथाहरू छन् ।
बाजेबजैहरूसँग त्यस्ता रमाइला, समाजका लागि आवश्यक र महत्वपूर्ण किंवदन्ती, ऐतिहासिक, सांस्कृतिक आदि लोककथाहरू छन् तर ती कथाहरू “बुढा मरे, कुरा सरे” भने झैँ सकिँदै छन्, हराउँदैछन्, विलाउँदैछन् । यो राम्रो कुरा पटक्कै होइन । त्यसैले यस्ता कुराहरूलाई संरक्षण र संवद्र्धन गर्नुपर्छ । बालबालिकादेखि नै यस्ता कुराको महत्व बझाउँदै जानुपर्छ, जसले गर्दा यी कुराहरू जुगौँसम्म बाँच्न सकोस् भन्ने कुराले हामीलाई गहिरो गरी छोयो अनि हामीले कम्मर कस्यौँ यस कार्यमा ।” एसिया फाउन्डेसनकी समिरा श्रेष्ठले कार्यक्रमको बारेमा बताउनुभयो ।
पुस्तक लोकार्पण गर्दै फाउन्डेसनका देशीय प्रतिनिधि मेघन नाल्बोले भन्नुभयो, “भाषा, संस्कृतिहरू समुदायकै बारेमा, समुदायबाटै लिएर र समुदायलाई नै दिँदा यसले सकारात्मक प्रभाव पर्ने रहेछ । यसैले हामीले समुदायमा नै चलेका लोककथाहरू समुदायमै पस्केका छौँ । विभिन्न समुदायमा रहेका लोककथाहरूको संरक्षण र संवद्र्धन गर्नु तथा बालबालिका र समुदायलाई नै अध्ययन बानीको विकास गराउनु हाम्रो उद्देश्य हो ।”
“लोककथाहरू सुन्दैसुनाउँदै समुदायमा आएको हुने र लिखित स्वरूपमा नहुँदा हराउँदै जाने संभावना बढी भएकाले पनि हामीले बालबालिकालाईसमेत हुने गरी पुनर्कथन गरेर पुस्तक तयार गरेका छौँ । यी पुस्तक पढ्न मात्र होइन, हेर्न पनि रमाइलो हुने गरी चित्र बनाइएको छ । पुस्तक पढ्दा एकअर्काको संस्कार र संस्कृति आदानप्रदानसमेत हुने छ ।” पुस्तकका बारेमा फाउन्डेसनका सिनियर प्रोग्राम म्यानेजर रितिका लाकौलले बताउनुयभो ।
यी दश लोककथाहरू अनुभवी र नयाँ दुवै खाले सर्जकद्वारा संकलन गरिएका छन् भने अनुभवी सम्पादक, चित्रकार र चित्रसम्पादकले यसमा काम गरेका छन् । नेपालमा बालपुस्तक निर्माणका क्रममा चित्रसम्पादसमेत राखेर यसरी काम गर्ने बानीको विकास भइनसकेको अवस्थामा द एसिया फाउन्डेसनले यसरी काम गर्नुलाई महत्वका साथ हेरिएको छ ।
दश पुस्तकहरूमा सुनकेशी नानी लोककथा यमुना पराजुली अधिकारीले संकलन गर्नुभएको हो भने प्रज्वल थापामगरले चित्र बनाउनुभएको हो । यसलाई यशु श्रेष्ठले सम्पादन गर्नुभएको छ भने सुमन महर्जनले चित्रसम्पादको भूमिका निर्वाह गर्नुभएको छ । यसैगरी आँखीझ्याल लोककथालाई मिदेश महर्जनले संकलन गर्नुभएको हो भने कृपा र दृष्टि मानन्धरले चित्र, यशु श्रेष्ठले सम्पादन तथा प्रोमिना श्रेष्ठले चित्रसम्पादन गर्नुभएको हो ।
यसैगरी एक बित्ते लोककथाको संकलक कृष्णराज सर्वहारी, सम्पादक प्रमोद प्रधान, चित्रकार कृषा ताम्राकार, र चित्रसम्पादक सुमन महर्जन, छट्टु स्यालको चोर्ने दाउ लोककथाको संकलक मन्दिरा मधुश्री, सम्पादक प्रा.डा. ध्रुवकुमार घिमिरे, चित्रकार एलिना छन्तेल र चित्रसम्पादक बन्दना तुलाचन, बुढाबुढी र सेलरोटी लोककथाको संकलक प्रभा भट्टराई, सम्पादक भिक्टर प्रधान, चित्रकार अर्पिता शाक्य र चित्रसम्पादक उवाहाङ नेम्बाङ, राजकुमारी र सुनपाती पूmल लोककथाको संकलक तथा चित्रकार विनिता वुद्धाचार्य, सम्पादक प्रमोद प्रधान र चित्रसम्पादक प्रोमिना श्रेष्ठ, बाघभैरव लोककथाको संकलक रकि महर्जन, सम्पादक प्रा.डा.ध्रुवकुमार घिमिरे, चित्रकार उज्ज्वल तामाङ र चित्रसम्पादक उवाहाङ नेम्वाङ, युमा साम्माङको कथा भन्ने लोककथाको संकलक नामओती नेम्वाङ, सम्पादक भिक्टर प्रधान, चित्र निलम भुर्तेल र चित्रसम्पादक अविन श्रेष्ठ, ढोला फर्कियो त ?
लोककथाको संकलक इन्द्र चौधरी, सम्पादक कृष्णदीप सिग्देल, चित्र नबिन नाल्बो र चित्रसम्पाद अविन श्रेष्ठ अनि जिब्रो छेड्ने ख्याक लोककथाको संकलक श्यामकृष्ण खुलीमुली, सम्पादक कृष्णदीप सिग्देल, चित्र प्रकाश रंजित र चित्रसम्पादक अविन श्रेष्ठ हुनुहुन्छ ।
लोकार्पण गरिएको दिनदेखि नै “लोककथाका गाथाहरू” फेसबुक पेजमार्फत लोककथामा लैङ्गीकता र समावेशीकरण, लोककथामा हाँस्य प्रयोग, किंवदन्ती एवं मिथकीय लोककथा, लोककथा र संस्कृति तथा लोककथामा हिंसा विषयहरूमा प्रत्येक दिन दुईवटा कथालाई उदाहरण लिएर यसमाथि विभिन्न सर्जक र विशेषज्ञहरूले बहस पनि गरिरहेका छन् । लोकार्पणको दिनदेखि पाँच दिनसम्म लगातार यो कार्यक्रम चल्ने छ । प्रकाशित लोककथालाई ख्यातिप्राप्त कलाकार, पत्रकार, गायकहरूले वाचन पनि गर्नुभएको छ ।
यशु श्रेष्ठ