सर्वोच्च अदालतले दियो नेकपाको आधिकारिकता ऋषि कट्टेललाई (फैसलासहित)

काठमाडौँ । ऋषि कट्टेलले दाबी गरेको पार्टीको आधिकारिक नाम नेकपालाई सर्वोच्च अदालतले आधिकारिकता प्रदान गरेको छ ।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले कट्टेलको रिट निवेदनमा आधिकारिकता प्रदान गरेको हो ।

निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपालाई मान्यता दिएपछि कट्टेलले त्यसबिरुद्ध सर्वोच्च अदालत जानु भएको थियो । सर्वोच्च अदालतले लामो समयपछि सो विवादको फैसला गरेको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस