जुम्लामा संक्रमित ७२ पुगे,एम्बुलेन्स भाडामा लिन आठैतहले अझै रकम जम्मा गरेनन्

सागर परियार ।

जुम्लामा विहिबार थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जम्मा १८ जनाको पिसिआर जाँच गरिएको ६ जनाको रिर्पोट कोरोना पोजेटिभ देखिएको हो । यो संगै जुम्लामा कोरोना पोजेटिभ हुनेको संख्या ७२ जना पुगेको छ । जसमा ११ जनाको अक्सिजन दिएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । भने बाँकी संक्रमित होमआइसोलेसनमा बसेका छन् । जुम्लामा दैनिक ६ जनाका दरले संक्रमित बढीरहेका छन् ।

अस्पतालमा श्वासप्रश्वासका विरामीलाई मात्र भर्ना गर्ने भनिएपछि लक्षण देखाएका संक्रमित पनि घरमै बस्न बाध्य छन् । जुम्लाका आठै स्थानीयतहले ८ देखि १० बेड आइसोलेसन तयार गरेपनि अक्सिजन सिलिण्डर,चिकित्सक नहुँदा समस्या भएको छ । जसका कारण गाउँगाउँमा भएका संक्रमितहरु असुरक्षित रुपमा घरमा बस्न बाध्य छन् ।

साथै जुम्लामा बुधबार रातीदेखि लागु गरिएको निषेधाज्ञा प्रभाव राम्रो परेको छ । निषेधाज्ञाको पहिलो दिन जुम्ला सदरमुकाम सुनसान भएको थियो । विहान ६ देखि ९ बजे सम्म ३ घण्टा अत्याआबश्यकका सेवा सहित बजार खुलेपनि दिनभरी बजार पुर्ण रुपमा ठप्प भएको थियो ।
निषेधाज्ञालाई पुर्ण कार्यान्वयन गरी दोस्रो लहरको संक्रमणबाट आफु बच्न र अरुलाई बचाउन महत गर्न समेत जिल्ला प्रशासन कार्यालय जुम्लाले अपिल गरेको छ ।

त्यसका साथै जुम्लाका आठै स्थानीयतहले कोरोना संक्रमित बोक्न एम्बुलेन्स भाडामा लिनका लागि जिल्ला विपद व्यवस्थापन समितिको खातामा १÷१ लाख जम्मा गर्ने निर्णय गरेपनि आज जम्मा नभएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले बताउनुभो ।

उहाँका अनुसार बैशाख १८ गते बसेको डिसिसिएमसीको बैठकबाट आठै तहले ३ दिनभित्र एम्बुलेन्स भाडामा लिन १÷१ लाख जम्मा गर्ने निर्णय भएकोमा ३ दिन वितिसक्दा समेत रकम जम्मा नभएको हो । जसका कारण गाउँमा संक्रमित भईरहेको र ओसारपोसार गर्न मुस्किल भएको समेत प्रशासनले जनाएको छ । स्थानीयतहका प्रमुखहरुले आफै निर्णय गर्ने आफै कार्यान्वयन नगरेका कारण कोरोना नियन्त्रण तथा रोकथाम चुनौतीपुर्ण बन्दै गएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस