निर्वाचन आचारसंहिताले छेक्ने बादललाई मन्त्री बन्न

काठमाडौं  । सरकार ढलेपछि गृहमन्त्रीबाट स्वतः पदमुक्त बनेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रियसभा सदस्य पदका उम्मेदवार हुन् । निर्वाचन आयोगले बिहीबारदेखि निर्वाचन आचारसंहिता लागू हुने घोषणा गरिसकेको छ । यस्तो अवस्थामा थापालाई फेरि गृहमन्त्रीमा नियुक्त गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न उब्जिएको छ ।
निवर्तमान गृहमन्त्री थापाले पदमै रहेका बेला हेलिकोप्टरबाट हेटौँडा पुगेर उम्मेदवारी दर्ता गराएका थिए । त्यसबेला आयोगले निर्वाचन आचार संहिता लागू गरिसकेको थिएन । वैशाख २७ गते प्रधानमन्त्री ओली पदमुक्त भएसँगै बादलको मन्त्री पद स्वतः गुमेको छ । यही बीचमा निर्वाचन आयोगले उम्मेदवारहरूका लागि आचारसंहिता बिहीबारदेखि नै लागू गरेको छ ।
तर, निर्वाचन आयोगले आचार संहिता लागू गरिसकेको अवस्थामा प्रधानमन्त्री केपी ओलीले थापालाई पुनः गृहमन्त्रीमा सपथ खुवाउने तयारी गरेको बुझिएको छ । आचार संहिता लागू भइसकेपछि उम्मेदवारलाई मन्त्री पदमा नियुक्त गर्न मिल्छ ? रातोपाटीको प्रश्नमा निर्वाचन आयोगका एक उच्च अधिकारीले भने, ‘मिल्न त नमिल्ने हो, तर….’

प्रकाशित मिति : २०७८ बैशाख ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस