कोभिड रोकथाममा पातारासी अघिःसंस्थागत आइसोलेसन र कोभिड अस्पताल सञ्चालन

सागर परियार ।

जुम्लाका आठ स्थानीयतह मध्य पहिलो पालिकाका रुपमा पातारासी गाउँपालिकाले संस्थागत आइसोलेसन र कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । जुम्लामा होमआइसोलेसनले संक्रमण गाउँगाउँमा फैलाएको र तत्काल सबैले संस्थागत आइसोलेसन बनाउनु पर्ने निर्णय भएपनि अन्य सात स्थानीयतहले बनाएका छैनन् ।

तर जुम्लाको पुर्वमा स्थित पातारासीले जिल्लामै पहिलो पालिकाका रुपमा ४० बेडको आइसोलेसन र ५ बेडको कोभिड अस्पताल बुधबारदेखि सञ्चालनमा ल्याएको पातारासी गाउँपालिकाका अध्यक्ष लछिमन बोहोराले बताउनुभयोे ।

उहाँले भन्नुभयो,“होमआइसोलेसनका कारण गाउँमा संक्रमण भयावह हुन थाल्यो । नागरिक जोगाउन संक्रमण रोकथामक गर्न संस्थागत आइसोलेसनको विकल्प देखिएन् । त्यसैले हामीले तत्काल संस्थागत आईसोलेसन निर्माण गरी संचालनमा ल्याएका हौ ।”

लक्षण भएका तर अक्सिजन दिनु नपर्ने घरमा असुरक्षित महसुश गरेका सबै संक्रमितलाई होआइसोलेसनबाट संस्थागत आईसोलेसनमा ल्याईने समेत अध्यक्ष बोहोराको भनाई छ ।

विशषज्ञ डाक्टर औषधी उपचार सहितको आइसोलेसन र कोभिड अस्पताल संचालनमा ल्याएको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढ्थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो,“संक्रमण रोकथाम तथा नागरिकलाई जोगाउन हामी पुर्ण पुर्वतयारीमा छौ । विशेषज्ञ डाक्टर संक्रमित बोक्ने निशुल्क एम्बुलेन्स,तयारी अबस्थामा छ । भने, जटिल खालका समस्या समधान गर्नका लागि पालिकास्तरमा दुर्त प्रतिकार्य टिम समेत गठन गरिएको छ ।”

सुत्केरीलाई निशुल्क बोक्ने र संक्रमितलाई निशुल्क बोक्ने २ वटा एम्बुलेन्स छुट्टाछुट्ै व्यवस्था गरिएको छ । साथै पातारासीका सबै वडा वडामा पुगेर अध्यक्षको नेतृत्वमा कोरोना विरुद्धको सचेतना अभियान संचालन गरिएको प्रमुख प्रशासकिय अधिकृत बुढ्थापाले उल्लेख गर्नुभयो ।

जिल्लाको दुर्गम पातारासी गाउँपालिकाले संक्रमण रोकथामका लागि शुरुदेखि उल्लेखीय काम गर्दै आएको छ । तर सबैभन्दा संक्रमितको संख्या उच्च रहेको,होमआइसोलेनमा बसेकाबाट संक्रमण फैलिएको चन्दननाथ नगरपालिकामा भने अहिले सम्म संस्थागत आइसोलेसन निर्माण हुन सकेको छैन् ।

डिसिसिएमसिको बैठकले समेत चन्दननाथ नगरपालिकालाई तत्तकाल संस्थागत आईसोलेसन बनाउन दबाद दिएको छ । भने, जिल्लामै पातारासी संस्थागत आईसोलेसन र कोभिड अस्पताल संचालनमा ल्याएको धन्यबाद समेत दिइएको छ ।

अन्यतहले पनि निर्णय कार्यान्वयन गरेनन्
जुम्लाका आठ स्थानीयतह मध्य पातारासी गाउँपालिका बाहेक अन्य स्थानीयले औचारिक रुपमा संस्थागत आईसोलेन निर्माण तथा संचालन गरेका छैनन् । बैशाख ३१ गते बसेको डिसिसिएमसीको बैठकले आठैतहमा ३० देखि ५० बेडको संस्थागत आईसोलेसन बनाउने निर्णय गरी हस्ताक्षर गरेका थिए ।

तर विवरण अनुसार पातारासी र कनकासुन्दरी गाउँपालिका बोहक अन्य स्थानीयतहले आफैले गरेको निर्णय आफैले कार्यान्वयन नगरेको पाइएको छ ।

तत्तकालै संस्थागत आईसोलेसन बनाउछौ, चिकित्सक कर्णाली प्रतिष्ठानले सहयोग गरिदिनुपर्यो भनेर निर्णयमा हस्ताक्षर गरेका सिंजा,हिमा,तिला, तातोपानी र गुठिचौर गाउँपालिका तथा चन्दननाथ नगरपालिकाले अहिले सम्म आईसोलेसन बनाउन सकेका छैनन् ।

यता कर्णाली प्रतिष्ठानका अस्पताल निर्देशक राजिश शाह भन्छन,“हामी सबै स्थानीयतहमा विशषज्ञ चिकित्सक पठाउन तयार छौ । तर स्थानीय तहको सक्रियता देखिएन् ।

होमआइसोलेसनले दैनिक संक्रमण बढ्दै छ । अहिले सम्म कुनै स्थानीयतहले चिकित्सकको माग गरेका छैनन् ।”

गाउँगाउँमा संक्रमण भयावह रुपमा फैलिएर नागरिक त्रसित हुदैछन् । तर स्थानीयतह भने संस्थागत आईसोलेन बनाउन कन्जुसाई गरिरहेको प्रति नागरिक अगुवा राज बहादुर महतले आक्रोस पोखेका छन् ।

मंगलबारको विवरण अनुसार जुम्लामा कुल संक्रमितको संख्या २ सय ७९ पुगेको छ । जसमा १ सय ५७ जना संक्रमित घरमा बसेका छन् । प्रतिष्ठानको आइसोलेनमा २५ जना मात्रै छन् । भने, ७८ जना निको भएर घर फर्किएका छन् ।

जूम्लाका कुल संक्रमित मध्य ९३ जना चन्दननाथ नगरपालिकामै छन् । जस मध्य ९५ प्रतिशत संक्रमित घरमै बसेका छन् । तर अहिले सम्म चन्दननाथ नगरपालिकाले संस्थागत आइसोलेसन बनाएको छैन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस