सागर परियार ।
तातोपानी गाउँपालिका ५ का किसानलाई खेतका आलीमै पुगेर मास्क वितरण गरिएको छ । जेठ महिना लागेसंगै जुम्लामा निषेधाज्ञाका बीच पनि जौ काट्ने, मार्सीधान रोप्ने चटारो शुरु भएको छ । तर मार्सीधान रोप्दा अधिकांश किसानले मास्क नलगाएको पाइएपछि संक्रमण बढ्न सक्ने जोखिम न्युनिकरण गर्न तातोपानी ५ की महिला नेतृ तथा समाजसेवी नारायणी चौलागाईको अगुवाईमा खेतमै पुगेर मास्क वितरण गरिएको हो ।
खेत खेतमा पुगेर किसानलाई मेडिक मास्क संगै स्वास्थ्य मापदण्ड पालना गर्न तथा अनिवार्य मास्क प्रयोग गर्न सम्झाइएको नेृत चौलागाईले उल्लेख बताउनुभयो । उहाँका अनुसार पहिलो दिन किसान सर्वसाधारण गरी ५ सय वटा मास्क बाडिएको छ ।
उहाँले भन्नुभयो,“तातोपानी गाउँपालिकाको आइसोलेसनमा बसेका ४ जना संक्रमितलाई पोषिला आहार पनि दिएका छौ । भने, ५ नम्बर वडाका पुर्वमा नगर देखि पश्चिम एैरेनी सम्मका जौ काट्ने,मार्सीधान रोप्ने किसान, गाउामा मास्क नलगाएर बसेकाहरु गरी करिब ५ सय वटा मास्क वितरण गरिएको हो ।”
किसानका खेत खेतमा मेडिकल मास्क अभियान अझै केहि दिन जारी रहने र करिब ३ हजार मास्क सम्म किसानलाई वितरण गर्ने लक्ष्य राखिएको नेतृ चौलागाईको भनाई छ । कृषि कर्ममा जुट्दा किसानले मास्क नलगाउने गरेको भेटिएपछि जनचेतना संगै अनिवार्य मास्क प्रयोग गरी काम गर्न समेत सम्झाईएको मास्क वितरण अभियानमा सहभागी यूवा सुर्य डाँगीले बताउनुभयो ।
उहाँले भन्नुभयो,“मार्सी धान रोप्ने चटारो शुरु भएकाले किसानले कोरोनालाई वास्ता गरेको पाईदैन् । त्यसैले गर्दा हरेक वडामा यस्ता अभियान संचालन गरी कोरोना रोकथाममा जुट्न आबश्यक रहेको छ ।”
गाउँगाउँमा निश्चित यूवाहरुको समुह बनाएर मार्सी रोपिएरहेका किसानलाई मास्क वितरण संगै अनिवार्य मास्क प्रयोग गर्न सम्झाएमा उल्लेखीय सुधार हुने विश्वास गरिएको छ । खेतमा काम गर्ने अधिकांश किसानले मास्क नलगाएको पाइएको छ ।
जुम्ला जिल्लाभरी जेठ महिनाभरी मार्सी धान रोप्ने किसानको जमघट बढीनै हुने भएकोले किसानका खेतखेतमै मास्क अभियान जारी राख्नका लागि सहयोगी दातालाई समेत सहयोगको अपिल गरिएको छ ।