
काठमाडौं । सरकार पक्षका वकिलले इजलास गठनमा कानुन व्यवसायीले प्रश्न उठाउन नमिल्ने बताएका छन् । संवैधानिक इजलास गठन सम्बन्धमा देखिएको विवादबारे इजलासले नै आइतबार आह्वान गरेको बहसमा सरकार पक्षका वकिलले यस्तो तर्क गरेका हुन् ।
नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले बेन्च गठनबारे कानुनले नै प्रस्ट भनेको उल्लेख गर्दै यसबारे कानुन व्यवसायीले प्रश्न गर्न नमिल्ने बताए । ‘बेन्च गठनबारे कानुन व्यवसायीले प्रश्न उठाउन मिल्दैन,’ उनले भने, ‘न्यायाधीशमाथिको अविश्वास भनेको अदालतमाथिको अविश्वास हो ।’ यो विषयलाई अदालतले पनि गम्भीरतापूर्वक लिनुपर्ने उनले बताए ।
प्रकाशित मिति : २०७८ जेष्ठ १६ गते आइतवार




