जुम्लाका दुई स्थानीय तहले छात्रवृत्तिमा एमबीबीएस पढाउने

जुम्ला ः जुम्लाको चन्दननाथ नगरपालिकाले पनि स्वास्थ्य र सामाजिक विकासलाई प्रथामिकता दिएर नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । हालै नेपाल सरकार चिकित्सा शिक्षा आयोगले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई २० सिट एमबीबीएस अध्ययन अध्यापनको अनुमति पाएसँगै जुम्लाका स्थानीय तहले छात्रबृत्तिमा एमबीबीएस अध्ययन नीति तथा कार्यक्रममा समेटेका हुन् ।
मेयर कान्तिका सेजुवालका अनुसार एमविविएस पढ्ने विद्यार्थीलाई विशेष छात्रबृत्ति उपलव्ध गराउने नीति तथा कार्यक्रममा समेटेका छौँ । उनले भनिन् विपन्न, मेहनत जेहन्दार एक जना विद्यार्थीलाई छात्रबृत्ति उपलव्ध गराउने नीति तथा कार्यक्रममा समेटेका छौँ । नीति तथा कार्यक्रम पारित भएको र बजेट यसै साताभित्र ल्याउने निर्णय भएको समेत मेयर सेजुवलाको भनाई छ । तर नगरपालिकाकै उपमेयर अप्सरादेवि न्यौपानेले भने नीति तथा कार्यक्रम र बजेट केही पनि प्रस्तुत नभएको दावी गरेकी छन् ।
यस्तै पातारासी गाउँपालिकाले एक जना विद्यार्थीलाई छात्रवृत्तिमा एमबीबीएस पढाउने भएको छ । गाउँपालिकाले सातौं गाउँ सभामा एमबीबीएस छात्रवृत्तिमा पढाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
यहाँका ८ स्थानीय तहमध्ये दुई स्थानीय तह चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाले आफ्ना नागरिक तथा विद्यार्थीलाई छात्रबृत्तिमा एमबीबीएस पढाउने नीति तथा कार्यक्रममा समेटेका हुन् ।
पातारासीमा अहिलेसम्म एमबीबीएस अध्ययन गरेको कोही नभएकाले प्रोत्साहन गर्नका लागि यस्तो नीति लिएको प्रमुख प्रशासनिक अधिकृत टेकबहादुर बुढथापाले बताए ।

 

प्रकाशित मिति : २०७८ असार ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस